Comments Add Comment

चीनमा के होला नयाँ आइफोनको भविष्य ?

एप्पलले मंगलबार सार्वजनिक गरेको आइफोन १२ संस्करणले चिनियाँ बजारमा आफूलाई कसरी उभ्याउला भन्ने प्रश्न सर्वत्र उठेको छ ।

अमेरिका र चीनबीच व्यापार युद्ध चलिरहेको र अमेरिकाले चिनिया स्मार्टफोन कम्पनी हुवावेमाथि प्रतिबन्ध लगाएको अवस्थामा नयाँ आइफोनको चिनिया बजारमा भविष्य के होला ? भन्ने चासोको विषय बन्नु स्वभाविकै हो ।

एप्पलले सार्वजनिक गरेका ४ नयाँ आइफोनका विषयमा चिनिया प्रयोगकर्ताहरुले मिश्रित प्रतिक्रिया दिएका छन् । एप्पलका कतिपय चिनियाँ फ्यानहरु नयाँ आइफोनको आगमनमा खुसी मनाउँदै चिनियाँ बजारमा उपलब्ध हुने दिनको व्यग्र प्रतिक्षामा छन् । तर चीनमा उल्लेख्य संख्याका स्मार्टफोन प्रयोगकर्ताहरु चाहिँ एप्पलको स्थानीय प्रतिद्वन्दी हुवावे कम्पनीले ल्याउने आसन्न स्मार्टफोनको पर्खाइमा छन् ।

चिनियाँ स्मार्टफोन कम्पनी हुवावे तथा शाओमीले चीनको अपग्रेडेड टेलिकम नेटवर्कमा चल्ने फाइभ जी स्मार्टफोनहरु यसअघि नै बजारमा ल्याइसकेको अवस्थामा एप्पलले बल्लतल्ल समय घर्किसकेपछि मात्र फाइभ जी आइफोनहरु सार्वजनिक गरेको कतिपयको टिप्पणी छ । जसका कारण एप्पलका फाइभ जी आइफोनले चिनियाँ बजारमा उत्साहप्रद व्यापार गर्न नसक्ने अनुमानसमेत गरिएको छ ।

एप्पलको आइफोनका लागि चीन आम्दानीका दृष्टिले विश्वको दोश्रो ठूलो बजार हो । एप्पलले आफ्ना नयाँ आइफोन १२ का विषय चिनियाँ सोसल मिडिया विबोमा ट्रेण्डिङको पहिलो सूचीमा पुगेको थियो । यसले पनि चीनमा आइफोनको यद्यपि ठूलो क्रेज रहेको देखाउँदछ ।

एक चिनियाँ म्यागेजिनले गरेको मत सर्भेक्षणका क्रममा १० हजार जना चिनियाँ नागरिकले आफूले नयाँ आइफोन नकिन्ने बताएका थिए भने ९ हजार २६९ जनाले नयाँ आइफोन खरिद गर्ने बताए । त्यस्तै ५ हजार ४ सय जनाले चाहिँ आफूले यस विषयमा अझैँ सोच्न बाँकी रहेको जवाफ दिएका छन् ।

यहीँ महिना चिनियाँ स्मार्टफोन कम्पनीले मेट ४० प्रो स्मार्टफोन लञ्च गर्दैछ । बिवोका धेरै प्रयोगकर्ताले नयाँ आइफोन खरिद गर्ने नगर्ने कुरा निर्णय गर्नका लागि हुवावेको नयाँ स्मार्टफोन आउँजेलसम्मका लागि पर्खिने बताएका छन् ।

नयाँ आइफोन आगामी १६ अक्टोबर देखि नै चीनमा अर्डर गर्न सकिनेछ । आइफोन १२ मिनीको को मूल्य चिनियाँ बजारमा ५४९९ युआन रहेको छ भने सबैभन्दा महँगो आइफोन प्रो म्याक्सको मूल्य ११ हजार ८९९ युआन तोकिएको छ ।

पावर चार्जर र इअरबडसमेत नभएको आइफोनको मूल्य निकै महँगो भएको धेरै चिनियाँहरुले टिप्पणी गरेका छन् । एप्पलले भने पावर चार्जरदेखि इअरबर्डसम्मका चिजहरु वातावरणीय कारणले हटाएको जनाएको छ ।

विश्लेषकहरुका अनुसार भने आइफोन १२ संस्करणले चिनियाँ बजारमा सन्तोषजनक व्यापार गर्नेछ । चीनमा अझै पनि एप्पलका ठूलो संख्यामा समर्पित प्रयोगकर्ताहरु रहेको भन्दै यो वर्ष सन् २०२० को तेश्रो त्रैमासिक अवधिमा चिनियाँ बजारमा स्मार्टफोनको बिक्री गत वर्षको सोही अवधिको तुलनामा १४ प्रतिशतले बढ्ने अनुसन्धान संस्था क्यानालिसको दाबी छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment