Comments Add Comment

सिस्ने पूर्वीरुकुमकै पहिलो पूर्ण खोपयुक्त

३० असोज, रुकुमपूर्व । रुकुम–पूर्वको सिस्ने गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा गरिएको छ । गाउँपालिका भित्रका सबै वडा र बस्तीका बालबालिकाले नियमित खोप पाएपछि पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको हो ।

स्वास्थ्य कार्यालय रुकुम (पूर्व) र सिस्ने गाउँपालिकाको समन्वयमा औपचारिक कार्यक्रमको आयोजना गर्दै पालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको छ । प्रतिनिधिसभाका सदस्य कमला रोकाले बिहीबार प्रतिबद्धतापत्रमा हस्ताक्षर गर्दै पूर्ण खोप सुनिश्चित घोषणा गरिन् ।

गाउँपालिका अन्तर्गतको स्वास्थ्य संस्था र स्वास्थ्य कार्यालय रुकुम (पूर्व)को सक्रियता र सरकारको लक्ष्य र लगानीमा गाउँपालिका पूर्ण खोप सुनिश्चित घोषणा भएको भन्दै सहयोग गर्ने सबै सम्बन्धित पक्षलाई सांसद रोकाले धन्यवाद दिइन् ।

अहिले जिल्लाका सबै बालबालिकाले नियमित खोप पाएका छन् । पछिल्लो समय अभिभावकमा पनि नियमित खोपका लागि आफ्ना बालबालिकालाई स्वास्थ्य संस्थामै पुर्याउनुपर्छ भन्ने चेतनाको विकास हुँदै गएको सांसद रोकाको भनाइ छ ।

यसैगरी गाउँपालिका स्वास्थ्य शाखाका संयोजक सुरेन्द्रप्रसाद यादवले गाउँपालिकामा बालबालिका जन्मेदेखि १५ महिनासम्मका ५२१ जना र १६ देखि २३ महिना सम्मका २९२ जना बालबालिकालाई पूर्णखोप प्रदान गरिएपछि गाउँपालिका पूर्ण खोप घोषणा गर्न सफल भएको बताए ।

गाउँपालिकामा पाँच स्वास्थ्य चौकी ६ सामुदायिक स्वास्थ्य इकाइ गरी ११ वटा स्वास्थ्य संस्थाबाट बालबालिकालाई नियमित खोप लगाउँदै आइएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment