Comments Add Comment

अभ्यङ्ग मालिस कसरी गर्ने ?

हामीकहाँ परम्परादेखि चलिआएको एउटा विधी हो, मालिस । चाहे सुत्केरी अवस्थामा होस् वा बुढापाका भएपछि, तेल लगाएर मालिस गर्ने चलन छ । नवजात शिशुका लागि त यो अनिवार्य नै मानिन्छ ।

शुद्ध तोरीको तेलमा मेथी दाना र लसुनको पोटी फुराएर मालिस गर्ने विधी पुरानै हो । यद्यपि मालिका अरु थुप्रै विधी छन् । अहिले त कतिपय प्राकृतिक अस्पताल वा स्पा सेन्टरहरुले यस्तै मालिस सेवा उपलब्ध गराउँदै आएको छ ।

मालिसले शरीरका मांसपेशी, जोर्नी, हड्डी बलियो बनाउन मद्दत गर्छ । साथसाथै यसले रक्तसंचार प्रणालीमा पनि फाइदा गर्छ । मालिस गरिरहँदा आनन्द अनुभव हुन्छ र पूर्णत आरम पनि मिल्छ ।

आयुर्वेदमा उल्लेख भएका थुप्रै मालिसमध्ये एक हो, अभ्याङ्ग मासिल पनि । यो मालिस गर्दा स्नेहन द्रव्यको रुपमा औषद्यिय तेलहरुको प्रयोग गरिने भएकाले यसलाई तेल अभ्याङ्ग पनि भनिन्छ । यो मालिस पञ्चकर्मको बाह्य स्नेहन कर्म अन्र्तगत पर्दछ । पञ्चकर्ममा अभ्यङ्गका मद्दतले शरीरका विभिन्न भागमा जम्मा भएका विकृत दोषहरुलााई बाहिर निकालिन्छ ।

हाम्रो खराब खानपान, जीवनशैली, वातावरणिय प्रदूषण, मौसम परिवर्तन, प्रतिरक्षा प्रणालीको क्षय, असन्तुलित भोजन, तनाव, निस्क्रिय जीवन, अस्तव्यस्त दैनिकी आदिले हाम्रो शरीरमा विकार जम्मा हुन्छ । यसरी जति जति विकार जम्मा हुँदै जान्छ, शरीरमा रोगहरु पैदा हुन थाल्छ । अतः शरीरमा जम्मा भएका यी विकारहरुलाई हटाउनु जरुरी हुन्छ । यसका लागि आयुर्वेदमा विभिन्न विधीहरु उल्लेख गरिएको छ । कुनै औषधि सेवन नगरी वा शल्यक्रिया बिना नै यसरी शरीरका विकार हटाउने अनेक प्राकृतिक विधी छन् । त्यसमध्येको हो अभ्याङ्ग मालिस ।

यद्यपि यो मालिस गराउनुअघि आयुर्वेदिक चिकित्सकको परामर्श लिनुपर्छ । चिकित्सकले अभ्यङ्ग  गराउने व्यक्तिको शारीरिक तथा मानसिक प्रकृति रोगका कारणले उत्पन्न विकृति, दोषको अवस्था, व्यक्तिको वल, वय (उमेर) र रोगावस्था आदिको वारेमा पूर्ण जानकारी लिनेछन् ।  अभ्यङ्गको प्रकार, समय, अभ्य¨ कला र स्नेहन द्रव्य (तेल) छनोट  व्यक्तिको शारीरिक तथा मानसिक प्रकृतिको आधारमा गरिन्छ । प्रकोपित दोषको चढावलाई हेरेर दोष समक तेलको प्रयोग नै अभ्याङ्ग मालिसको विशेषता हो । यि औषधिय द्रव्यहरुको क्रिया र मालिस कलाको संयोजन नै अभ्यङ्ग मालिस हो ।

के छ त लाभ ?

विशेषतः कफ तथा वात रोगहरुमा अभ्यङ्ग अत्यन्त लाभदायक छ । तर, ज्वारो आएको, घाउ खटिरा भएको, एकाएक सुन्निएको अवस्थामा अभ्यङ्ग गराउन हुँदैन । उपयुक्त औषधिय्द्रव्यहरुको छनोट गरेर गराइएको अभ्यङ्गले स्वस्थ्य जीवन चाहने जो कोहिलाई पनि पोषण गर्दछ ।

– निद्रा सम्वन्धि समस्यहरु जस्तै, निद्रा नआउने, विचविचमा निद्रा टुटिरहने, गहन तथा आरमदायी निद्राको अवस्थासम्म पुग्न नसक्ने, धेरै सपना देख्ने, निद्रामा वरवराउने आदि समस्यमा लाभदायक छ ।

–छालाको रक्तसंचारलाई वढाएर भोजनवाट प्राप्त पोषक तत्वहरु र अक्सिजनलाई तुलनात्मक रुपले कम रक्तसंचार हुने, त्वचाको वाह्य स्थानसम्म प’र्याइ पोषण गर्दछ । मृत कोषहरु हटाएर त्वचालाई  सुन्दर वनाउछ ।

–. मल मुत्र, स्वेध जस्ता विजातिय द्रव्यहरुको निष्कासनमा सहयोग गर्दछ ।

–जोर्नीहरुको कार्यक्षमता  वढाई शारीरिक तन्दुरुस्तीलाई जीवन्त राख्न सहयोग गर्छ ।

–इन्द्रियहरु निर्विकार हुन्छन् । मांशपेसी र त्वचाको प्राकृतिक लचकता, रंग चुस्त रहन्छ ।

–तनाव दूर गराएर मानसिक प्रशन्नतालाई जिवन्त राख्दछ । साइकोसोम्याटिक रोगका लागि लाभदायक छ । थकावट, कमजोरी र आलस्यता दूर गर्नमा अभ्यङ्ग मालिस साहयक छ ।

–कम उमेरमै देखा परेका बुढेसकालका लक्षणहरु जस्तै, कपाल फुल्ने, चाउरी पर्ने, छालाको प्राकृतिक रंग उग्लिने, हाड जोर्नीहरु खिइने, नसाहरु साघुरिएर रक्तचाप वढ्ने जस्ता समयस्यमा लाभकारी छ ।

–धातु क्षयलाई रोक्दछ । अनुहारमा चमक ल्याउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment