+
+
WC Series
काठमान्डु गोर्खाज 2025
157/8 (20)
VS
९५ बलमा ११६ रन आवश्यक
लुम्बिनी लायन्स 2025
42/2 (4.1)
Shares

कोरोना संक्रमणबाट सशस्त्र प्रहरी जवानको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज ३० गते १३:४३

३० असोज, काठमाडौं । कोरोना संक्रमणबाट सशस्त्र प्रहरीका एक कर्मचारीको मृत्यु भएको छ । पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा मुस्ताङमा कार्यरत सशस्त्र प्रहरीका २५ वर्षीय जवानको मृत्यु भएको हो ।

गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माका अनुसार उपचारको क्रममा बागलुङको ढोरपाटन नगरपालिका–७ घर भएका उनको बिहीबार राति ११ः३० बजे मृत्यु भएको हो ।

असोज २५ गते अस्पताल भर्ना भएका उनको असोज २७ गते संक्रमण पुष्टि भएको थियो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४८ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?