Comments Add Comment

‘टिभिएस दशैँको आशा’ स्किमअन्तर्गत अर्का विजेता छनोट

३० असोज, काठमाडौं । काठमाडौं । टिभिएस दशैंको आशा योजनाअन्तर्गत गणेशप्रसाद गौतम यो हप्ताको विजेता भएका छन् ।  जगदम्बा मोटर्सले बिजेतालाई टिभिएस अपाचे आरआर ३१० जितेका छन् ।
हरेक हप्ता एभिन्यूज टेलिभिजन र टिभिएसको फेसबुकमा प्रत्यक्षप्रशारण मार्फत गरिने गोलाप्रथाबाट बिजेता छनोट गरिन्छ ।

टिभिएस दशैंको आशा योजना अन्तर्गत ग्राहकले टिभीएसको मोटरसाइकल खरिद गरेर वा खरिद नगरी पनि यो योजनामा सहभागी बन्न सक्ने छन् । यो योजना अन्तर्गत हरेक हप्ता एभिन्यूज टेलिभिजन र टिभिएसको फेसबुकमा प्रत्येक्ष प्रशारण मार्फत गोलाप्रथाद्वारा विजेता घोषण गरिने छ ।

‘टिभिएस दशैँको आशा’ योजना अन्तर्गत टिभिएसको कुनै पनि मोटरसाइकल खरिदमा नगद छुटको रूपमा ९००० र स्कूटरको खरिदमा ७००० हजार रुपैयाँ नगद छुट प्राप्त गर्न सकिनुकाे साथै ग्राहकले ५० प्रतिशत डाउन पेमेन्ट गरेर मोटरसाइकल तथा स्कुटर शुन्य प्रतिशत ब्याजदरमा खरिद गर्न सक्ने छन् । यी दुई मध्ये कुनै एक स्कीम ग्राहकले छनोट गर्न पाउने सुविधा कम्पनीले दिएको छ ।

यस याेजनाकाे बम्पर उपहारका रूपमा हरेक हप्ता एक जनाले जित्नसक्ने आरआर ३१० टिभिएसकै सबैभन्दा महंगो मोटरसाइकल जित्नेछन् । यसको लागि हरेक हप्ता हुने लक्की ड्रमा भाग लिन चाहने जो कोहीले पनि यस लिंकमा गएर फारम भर्नुपर्ने छ । जसमा मोटरसाइकल नकिन्नेले पनि आफ्नो नाम रजिस्टर गर्न सक्ने छन् भने आरआर ३१० जित्ने अवसर पाउने छन् । यस बम्पर योजनाको आर्कषण भनेको जो कोहीले पनि आफ्नो छनौट वा किन्नको विकल्पको बावजूद पनि भाग लिन र जित्न पनि सक्ने अवसर पाउनु हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment