+
+
Shares

सामसङको नयाँ क्युएलइडी टिभी प्रि-बुक गर्दा मोबाइल उपहार

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज ३० गते २०:२०

इलेक्ट्रोनिक्स ब्राण्ड सामसङले सामसङका २०२० क्युएलइडी टिभीका लागि प्रि–बुकिङ्ग खुल्ला गरेको छ।

प्रि बुकिङ गर्ने ग्राहकलाई मोबाइल सेट उपहार दिइने कम्पनीले बताएको छ।

उक्त टिभी न्यूनतम १० हजार रुपैयाँको विशेष प्रिअर्डर अफर अन्तर्गत कुनै पनि बुक गर्न सकिन्छ। प्रि अर्डरको सुविधा मार्फत् ग्राहकले ८५ इञ्च टिभी ५ लाख ८० हजार ६ सय ८३ त्यस्तै ७५ इञ्च टिभी ४ लाख ४२ हजार ४ सय २५ रूपैयाँ खरिद गर्न सक्नेछन्।

त्यस्तै, ८५ इञ्च टिभी किन्ने ग्राहकले सामसङ ग्यालेक्सी नोट१० लाइट र ७५ इञ्चको टिभी किन्ने ग्राहकले सामसङ ग्यालेक्सी ए७१ स्मार्टफोन उपहार पाउने कम्पनीले बताएको छ।

यी टिभीहरुमा लाइटअनुसार न्यानो पार्टिकल्सको साइज परिवर्तन गर्नको लागि सेमिकन्डक्टर मेटेरियलहरुको प्रयोग गरिएको छ। प्रयोगकर्ताले उच्च ब्राइटनेस इफिसियन्सी एवं उत्कृष्ट कलर पाउने छन्।

सामसङले टिभीहरुमा २ वर्षको वारेन्टी (१ वर्ष फूल प्रोडक्ट वारेन्टी तथा १ वर्ष प्यानलमा) साथै निःशुल्क जडानको सुविधा दिएको छ।

प्रि–बुकिङ्ग अफर नेपाल अधिराज्यभर रहेका डिलर नेटवर्क तथा सामसङ कस्टोमर इलेक्ट्रोनिक्सका आधिकारिक वितरकहरु मार्फत खरिद गर्न सकिने छ।

यो बुकिङ्ग यही असोज २९ गतेदेखि कात्तिक १५ गतेसम्म रहेको कम्पनीले बताएको छ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?