Comments Add Comment

पेरिसमा शिक्षकको शीर छेदन, सरकारले भन्यो– यो आतंकवादी आक्रमण हो

१ कात्तिक, काठमाडौं । फ्रान्सको राजधानी पेरिसमा एक शिक्षकको शीर छेदन गरी हत्या भएको छ । स्थानीय समयअनुसार शुक्रबार साँझ करिब पाँच बजेतिर एक व्यक्तिले चक्कुले शिक्षकलाई आक्रमण गर्दै शीर छेदन गरेको बीबीसीले जनाएको छ ।

प्रहरीले आक्रमणकारीलाई गिरफ्तार गर्न नसकेपछि गोली हान्नु परेको थियो । आक्रमणकारीको नाम खुलाइएको छैन ।

फ्रान्सको सरकार र संसदले यो आक्रमणलाई आतंकवादी आक्रमण भनेका छन् ।

ती शिक्षकले आफ्ना विद्यार्थीहरुलाई फ्रेन्च पत्रिका शार्लि एब्दोमा छापिएको पैगम्बर मोहम्मदको कार्टन देखाएका थिए । त्यही कारण आक्रमण भएको हो वा अन्य कारण हो खुलेको छैन ।

यो आक्रमणको अनुसन्धान आतंकरोधी टिमले गरिरहेको बीबीसीले जनाएको छ ।

फ्रान्सका शिक्षामन्त्री ज्याँ माइकल ब्लेकरले ट्वीट गरेर शिक्षकको हत्या फ्रान्समाथि गरिएको आक्रमण भएको बताएका छन् ।

उनले यो आक्रमण आतंकवादी भएको टिप्पणी गरेका छन् । मृतकका परिवारमा समवेदना व्यक्त गर्दै शिक्षामन्त्री ब्लेकरले भनेका छन्, ‘इस्लामिक आतंकवादविरुद्धको लडाइँको जवाफ केबल एकता र दृढताबाट मात्र दिन सकिन्छ ।’

फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोले घटनास्थलको भ्रमण गरेका थिए । घटनास्थल अवलोकन गरेपछि उनले क्राइसिस सेन्टर पनि बनाइएको छ ।

फ्रान्सको सांसदहरुले मौनधारण गर्दै मृतक शिक्षकप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए । फ्रान्सको संसदले यस आक्रमणलाई ‘बर्बर आतंकवादी हमला’ भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment