
२ कात्तिक, काठमाडौं । ललितपुरको खोकनाका किसान हिजोआज धान थन्क्याउन ब्यस्त छन् । गत असार– साउनमा रोपेको धान अहिले फाँटमा लहलह झुलेको छ ।
त्यसैले किसानहरु खेतमा थ्रेसर मेसिन पुर्याएर धान झार्ने, केलाएर घर लैजाने, पराल सुकाउने जस्ता काममा व्यस्त छन् ।
तराईलाई काठमाडौंसँग जोड्ने फास्ट ट्र्याकका कारण यहाँका धेरै जमिन मासिन लागेको भन्दै स्थानीय वासिन्दा विरोधमा छन् । यहाँको फाँटका धेरै जग्गा फास्ट ट्र्याकको प्रभाव क्षेत्रमा रहेकाले ती क्षेत्रमा रोपाईं गर्दा प्रशासन र किसानबीच झडप भएको थियो ।
किसानले कतिपय क्षेत्रमा प्रशासनकै विरोधका बाबजुद रोपाईं गरेका थिए । अहिले ती क्षेत्रमा धान पाकेको छ ।
हेर्नुहोस् तस्वीरहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4