News Summary
Generated by OK AI. Editorially reviewed.- साना किसानको विस्थापन रोक्न माग गर्दै देशका विभिन्न ठाउँका पोल्ट्री व्यवसायीहरूले माइतिघर मण्डलामा प्रदर्शन गरेका छन् ।
- उनीहरूले किसान र उपभोक्तालाई जोड्न बिचौलियाको जालो तोड्न सरकारसँग माग गरेका छन् ।
- उनीहरूले पोल्ट्रीमा ग्रेडिङ प्रणाली बन्द, भारतीय कुखुरा तस्करी रोक्न र दाना–चल्लाको मूल्य पारदर्शी बनाउन माग गरेका छन् ।
८ भदौ, काठमाडौं । पोल्ट्री व्यवसायीहरु आन्दोलित भएका छन् ।
साना किसानको विस्थान बन्द गर्नु पर्ने माग गर्दै उनीहरू आन्दोलित भएका हुन् । देशका विभिन्न ठाउँबाट आएका किसानहरूले माइतिघर मण्डलमा प्रदर्शन गरेका छन् ।
किसानहरूले किसान र उपभोक्तालाई जोड्न माग गर्दै बिचौलियाको जालो तोड्नु पर्ने माग सरकारसँग गरेका छन् ।
उनीहरुले पोल्ट्रीमा ग्रेडिङ प्रणाली बन्द गर्नुपर्ने, भारतीय कुखुरा तस्करी बन्द गर्नुपर्ने, दाना र चल्लाको मूल्य पारदर्शी हुनुपर्ने, वैज्ञानिक मूल्य निर्धारण प्रणाली लागू गर्नुपर्ने । दाना र चल्लाको गुनस्तरीयता सुनिश्चिता गर्नुपर्ने मागसमेत राखेका छन् ।
किसानहरूले श्रमको सम्मान गर्नुपर्ने र लगानीको ग्यारेन्टी गर्न पनि माग गरेका छन् ।










प्रतिक्रिया 4