
२ कात्तिक, काठमाडौं । संघीय संसदको सुनुवाई समितिमा युवराज खतिवडालाई राजदूत नबनाउन माग गर्दै तीनवटा उजुरी परेको छ । खतिवडा अमेरिकाका लागि प्रस्तावित राजदूत हुन् ।
त्यसैगरी, बेलायतका लागि प्रस्त्ावित राजदूत लोकदर्शन रेग्मीविरुद्ध एउटा उजुरी परेको छ ।
सोमबार सुनुवाई समितिको बैठकले उजुरी खोलेको छ तर उजुरीकर्ताहरु सम्पर्कमा नआएका कारण सार्वजनिक नगरिएको समितिले जनाएको छ ।
उजुरीकर्तालाई सम्पर्कमा आउन आग्रह गर्दै सूचना निकालेर यहि कात्तिक १७ गते छलफलमा आउन आहृवान गर्ने निर्णय भएको समितिले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4