+
+

‘खेल जित मनोविज्ञान’ पुस्तक सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक ३ गते १८:२६

३ कात्तिक, काठमाडौं । डीएन घिसिङद्वारा लिखित पुस्तक ‘खेल जित मनोविज्ञान’ विमोचन गरिएको छ । ग्लोरी मिडियाद्वारा प्रकाशित उक्त पुस्तक मंगलबार युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले विमोचन गरेका हुन् ।

राष्ट्रिय खेलकुद परिषद् त्रिपुरेश्वरमा आयोजित एक कार्यक्रमका बीच पुस्तकको विमोचन गर्दै मन्त्री विश्वकर्माले उक्त पुस्तकले नेपालको खेल क्षेत्रलाई ठूलो टेवा पुग्ने विश्वास व्यक्त गरे । आधुनिक खेलकुदमा मनोविज्ञान सम्बन्धी ज्ञानको बढ्दो आवश्यकता महसुस गरिएको परिप्रेक्ष्यमा ‘खेल जित मनोविज्ञान’ ले समाजलाई गतिशिल बनाउने उनले बताए ।

पुस्तकका लेखक डीएन घिसिङले खेल क्षेत्रमा मनोविज्ञानको प्रभाव उच्च रहने बताउँदै यसको उचित प्रयोगले खेलाडीलाई प्रतिस्पर्धामा जित हासिल गर्न सघाउ पुग्ने धारणा राखे । यस पुस्तकले नेपालको खेल क्षेत्रलाई सहयोग गर्ने आशा उनले व्यक्त गरे ।

कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष शिव कोइराला, सदस्य सचिव रमेश सिलवाल लगायतको उपस्थिती रहेको थियो । उक्त पुस्तकले खेलकुदका साथै स्वास्थ्य र शिक्षाका लागि पनि महत्वपूर्ण योगदान पुग्ने दाबी ग्लोरी मिडियाका अध्यक्ष तथा पुस्तकका भाषा सम्पादक सरोज ओझाले गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?