Comments Add Comment

चाडपर्वमा खाद्यान्न र माछामासु अभाव हुन्न : आपूर्ति मन्त्रालय

३ कात्तिक, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले मुख्य चाडपर्वको समयमा खाद्यान्न, तरकारी फलफूल र माछा मासुको आपूर्तिमा कुनै समस्या नहुने जनाएको छ । माछा मासुको उत्पादन मुलुक भित्रै बढेको, खाद्यान्नको मौज्दात पनि यथेष्ट रहेको तथा तरकारी, फलफूल र दलहनको आयात निरन्तर रहकोकाले ढुक्क भएर चाडपर्व मनाउन मन्त्रालयले आग्रह गरेको छ ।

हाल दुर्गमका २३ जिल्लाहरुमा १५ हजार क्विन्टल खाद्यान्नको राम्रो मौज्दात रहेको मन्त्रालयले जनाएको छ । दुर्गमका जिल्लाहरुमा ढुवानी कार्य नियमित रहेको हुनाले अभाव हुन नदिने मन्त्रालयद्धारा जारी विज्ञप्तिमा भनिएको छ । हाल देशभर सरकारी कम्पनीसँग १४ हजार र निजी क्षेत्रसँग १ लाख २ हजार मेट्रिक टन चामल मौज्दात रहेको मन्त्रालयले उल्लेख गरेको छ ।

यस्तै असोज महिनामा प्रतिदिन औषत पाँच हजार ७ सय मेट्रिक टन खाद्यन्न आयात भएको पनि मन्त्रालयले उल्लेख गरेको छ । असोजमा दाल गेडागुडी प्रतिदिन औसत ६ सय मेट्रिक टन आयात भएको पनि मन्त्रालयले जनाएको छ ।

मासु उत्पादनमा आत्मनिर्भर हुँदैछौँ

मासु उत्पादन बढाउन सरकारले केही वर्षदेखि गरेको पहल सार्थक भएको पनि मन्त्रालयले दाबी गरेको छ ।

स्वदेशमा खसी बोकाको उत्पादन बृद्धि हुँदा मागको ९५ प्रतिशत बजार धान्न नेपाली उत्पादन सक्षम रहेको मन्त्रालउले जनाएको छ । खसी बोकाको उत्पादन बढ्दो क्रममा रहँदा यो आर्थिक वर्ष अन्त्यसम्ममा नेपालको कुल माग धान्ने स्थिति बनेको हो ।

महामारीका कारण दसैंको समयमा हुने माग पनि धान्न सक्ने अवस्था बनेको मन्त्रालयको आंकलन छ ।

दसैँको समयका काठमाडौंमा ४० हजार खसी बोका आवश्यक हुने देखिएको मन्त्रालयले जनाएको छ । यता राँगा र भैँसीमा भने भारतबाट आयात गर्नु पर्ने अवस्था देखिएको मन्त्रालयले जनाएको छ । स्वास्थ्य प्रमाण पत्रको आधारमा आयातलाई सहज गराइएको पनि मन्त्रालयको उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment