Comments Add Comment

स्विमसुटमा वर्षा

यसबर्षको गर्मीमा लकडाउनका कारण मानिसहरु घर बाहिर खासै निस्कन पाएनन् । यसैले, स्विमिङ पूलमा रमाउने धेरै मानिसहरुको चाहना यस बर्ष पुरा भएन । काठमाण्डौमा चिसो बढ्न थालेपछि यसबर्षको गर्मी विस्तारै बिदा हुँदैछ । नायिका वर्षा सिवाकोटीले पनि यो बर्षको गर्मीलाई बिदा गरेकी छिन् ।

परिवारसँग एक रिसोर्टमा पुगेकी वर्षाले स्विमसुटमा तस्वीर शेयर गर्दै गर्मीलाई बाईबाई गरेकी हुन् । उसो त, गतबर्ष गर्मी नलाग्दै विकिनी तस्वीर शेयर गरेर वर्षा चर्चामा आएकी थिइन् ।

म्यूजिक भिडियोमा व्यस्त वर्षा समय मिलाएर परिवारसँग रमाउन रिसोर्ट पुगेकी हुन् । दशैं लगतै अमेरिका जाने तयारीमा रहेकी वर्षाले चलचित्र ‘परदेशी २’को छायांकन दशैंपछि नै सुरु हुने जानकारी दिएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment