Comments Add Comment

३७९० जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकाका २३८८ जना

३ कात्तिक, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३ हजार ७९० जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १५ हजार ७१४ नमुना परीक्षण गर्दा १३७६ महिला र २४१४ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमितको संख्या १ लाख ३६ हजार ३६ पुगेको छ । उनीहरुमध्ये ७८७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

९४ हजार ५०१ जना संक्रमणमुक्त भएका छन्, जसमध्ये पछिल्लो २४ घण्टामा मात्र २३३५ जना संक्रमणमुक्त भएका हुन् ।

देशभरमा ४० हजार ७७८ संक्रिय संक्रमित छन् । उनीहरुमध्ये २६ हजार ९२७ होम आइसोलेसनमा छन् । २८२ जनाको आईसीयू र ६३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

कहाँ कति थपिए संक्रमित ?

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकाका मात्र २३८८ संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौंका २००८ जना, ललितपुरका २८२ र भक्तपुरका ९९ जना छन् ।

मोरङका २८६ जना, सुनसरीका ११८, मकवानपुरका ९६, बर्दियाका ९२, चितवनका ९०, काभ्रेका ८०, कास्कीका ३९, सप्तरीका ३८, नवलपरासीका ३६, बाराका ३४, प्युठानका ३३, कैलालीका २९, नुवाकोट र दैलेखका २५/२५ जना, सर्लाही र तनहुँका २२/२२ जना, धादिङ र बाँकेका २१/२१ जना, उदयपुरका १८, स्याङ्जका १७, कञ्चनपुरका १३, धनुषा, सिन्धुपाल्चोक र गोरखाका १२ /१२ जना तथा महोत्तरी र कपिलवस्तुका ११/११ जना छन् ।

नवलपुरका १०, रौतहटका ९, पर्सा र सिराहाका ८/८ जना, रामेछाप, बाग्लुङ, पाल्पा र रुकुम पश्चिमका ७/७ जना, संखुवासभाका ५, इलाम, दोलखा, सिन्धुली, पर्वत, लमजुङ, जाजरकोट र बझाङका ४/४ जना, ओखलढुंगा, पाँचथर, गुल्मी, दाङ, जुम्ला, अछाम र दार्चुलाका ३/३ जना, भोजपुर, रसुवा, बर्दिया र, सल्यानका २/२ जना तथा तेह्रथुम, म्याग्दी, कालीकोट, सुर्खेत, डडेलधुरा, डोटी र बैतडीका १/१ जनामा कोरोना संक्रमण देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment