Comments Add Comment

‘गोर्खा ब्रुअरी गुणस्तरमा सम्झौता गर्ने कम्पनी हैन’

३ कात्तिक, काठमाडौं । गोर्खा ब्रुअरीले आफ्ना उत्पादनहरुमाथि नियोजित प्रहार भएको बताएको छ । विश्वविख्यात ब्रान्ड काल्सबर्गको नियमित निगरानीमा उत्पादन भइरहेका उत्पादनमाबारे बजारमा चलाइएको हल्ला निराधार र कपोकल्पित रहेको कम्पनीको दावी छ ।

कम्पनीले यस्ता भ्रममा नपर्न आफ्ना ग्राहकहरुलाई समेत आग्रह गरेको छ । कम्पनीको प्रत्येक ब्याचको नमूना लिएर ‘काल्सबर्ग’ले परीक्षण गर्ने गरेको छ । छड्के निगरानीका लागि बजारबाट पनि नमूना संलकन गरेर ‘काल्सबर्ग’ ब्रान्डले तोकेको मापदण्ड पुर्याए/नपुर्याएको अनुगमन तथा निरीक्षण गर्छ ।

यस्तो उत्पादनमा गुणस्तर कमजोर पाइए तुरुन्तै बजारमाट फिर्ता मात्रै गर्नुपर्दैन, ब्रान्ड खोसिनेसम्मको जोखिम हुन्छ । तर, अहिलेसम्म काल्सबर्गले गोर्खा ब्रुअरीको उत्पादनमाथि कुनै प्रश्न उठाएको छैन । बरु काल्सबर्गले गोर्खा ब्रुअरीमाथि भरपर्दो विश्वास देखाएको छ ।

कम्पनीका डिपुटी म्यानेजिङ डिरेक्टर सुरेन्द्र सिलवाल गोर्खा ब्रुअरीको उत्पादनको गुणस्तरसँग अहिले बजारमा सुनिएको अन्तःशुल्क विवादको कुनै सम्बन्ध नरहेको बताउँछन् ।

‘हामीले बजारमा लामो समयदेखि गुणस्तरीय बियरहरु उत्पादन गरेर पठाइरहेका छौं, हाम्रो जोड ग्राहकलाई अझ बढी कसरी सन्तुष्ट गर्ने भन्नेमा हो,’ उनले भने,‘बजारमा गुणस्तरबारे चलाइएका हल्ला कम्पनीको विश्वस्तरीय उत्पादनमथिको प्रहार हो ।’

उनका अनुसार कम्पनीलाई कमजोर गुणस्तरको बियर उत्पादन गर्न विश्वस्तरीय ब्रान्ड काल्सबर्गले नै छुट दिँदैन । त्यसमाथि गोर्खा ब्रुअरी आफैं पनि त्यस्ता अनुचित काममा नलाग्ने भन्दै सिलवालले कम्पनीको उत्पादनमाथि पूर्ण विश्वास र माया गरिराख्न ग्राहकलाई आग्रह गरे ।

‘हामी अरु कुरामा सम्झैता गर्न सकौंला, तर गुणस्तर, ग्राहकको स्वाद र सन्तुष्टिको मामिलामा एकरत्ति पनि सम्झौता गर्न तयार छैनौं,’ सिलवालले भने,‘गोर्खा ब्रुअरी आजको स्थानसम्म यही प्रतिवद्धताका कारण आइपुगेको हो, यसमा कसैले शंका गर्नुपर्ने छैन ।’

आफ्ना उत्पादनको सरकारले पनि अनुगमन गर्ने गरेको भन्दै उनले सरकाकारे गुणस्तर अनुगन र नियमन गर्ने निकायबाट अहिलेसम्म प्रश्न नउठेको प्रष्ट पारे । अन्तःशुल्कको विषयलाई उत्पादनको गुणस्तरसँग जोड्नु अन्यायपूर्ण हुने भन्दै उनले यसबाट कपनी कति पनि बिचलित नहुने बताए ।

‘हामी हाम्रा ग्राहकलाई असन्तुष्टि पैदा हुने गरी कुनै काम गर्दैनौं,’ उनले भने,‘नियमित काल्सबर्ग सेवन गर्नेहरुले यसलाई मज्जाले अनुभव गर्न सक्नुहुन्छ ।’

काल्सबर्ग कम्पनीले जे रेसेपी दिन्छ, त्यहीअनुसार बियर बनाउँदै आएको भन्दै  सिलवाल भन्छन्,‘हामीले गुणस्तर घटाउन चाह्यौं भने पनि त्यो अनुमति प्राप्त हुँदैन, हामी पनि ग्राहकको विश्वास टुटाउने गरी कुनै गतिविधि गर्ने पक्षमा छैनौं’ सक्दैनौं,’ उनले भने ।

काल्सबर्गले आफ्नो विश्वास गुम्न नदिन उत्पादनमा कडा मापदण्डहरु अपनाउन गोर्खा ब्रुअरीलाई नियमित निगरानीमा राखेको हुन्छ । कम्पनीमा नै काल्सबर्गकै प्रतिनिधि खटिएका छन् ।

अन्तःशुल्कका विवादका विषयमा नियामकसँग छलफल भइरहेको भन्दै सिलवालले अन्य विषयमा जोडेर ब्रान्डकै बदनाम गराउँदा भविष्यमा नेपालमै विदेशी प्रविधि र लगानी आकर्षित गर्न असहज हुने बताए ।

‘यो विदेशी प्रविधिमार्फत स्वदेशी ग्राहकलाई सन्तुष्ट गर्न उत्पादन गरिएको बियर हो,’ उनले भने,‘गोर्खा ब्रुअरीले विश्वस्तरीय उत्पादन नेपालीहरुमाझ पस्किन सकेको कारण पनि हामीप्रति काल्सबर्ग ब्रान्ड र यसका ग्राहकले देखाउनुभएको आभूतपूर्व माया नै हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment