+
+
Shares

सिभिल अस्पतालले भन्यो- कोरोनाको उपचार खर्च आफैं ब्यहोर्नू

पहिले पैसा बुझाउने, अनि मात्रै उपचार गरिने

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक ३ गते १४:५५

३ कात्तिक, काठमाडौं । नोवेल कोरोना भाइरस (कोभिड-१९) उपचार खर्च नव्यहोर्ने सरकारको निर्णय सरकारी अस्पतालहरूले कार्यान्वयन गर्न थालेका छन् ।

काठमाडौंस्थित सिभिल अस्पतालले संक्रमितहरूले आफैंले उपचार खर्च र खाना खर्च बेहोर्न कोरोना पीडितका नाममा सूचना जारी गरेको छ ।

अस्पतालद्वारा जारी सूचनामा भनिएको छ,’ नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णयानुसार यस अस्पतालमा कोराना संक्रमण भई उपचाररत बिरामीहरुले कात्तिक २ गतेदेखि लागू हुने गरी सम्पूर्ण खर्च बिरामी स्वयंले बेहोर्नुपर्ने जानकारी गराइन्छ ।’

त्यतिमात्रै होइन, बिरामीलाई क्यान्टिनमा समेत तत्काल धरौटी रकम जम्मा गर्न भनिएको छ । अस्पतालको सूचनामा भनिएको छ,’खाना अस्पताल क्यान्टिनमा नगद धरौटी राखी उपलब्ध हुने व्यहोरा जानकारी गराइन्छ ।’

स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले आइतबार कोरोनाको परीक्षण तथा उपचार व्यक्तिको आफ्नै खर्चमा गर्ने गराउने निर्णय भएको बताएका थिए ।

सरकारले आर्थिकरुपमा विपन्न, अशक्त, असहाय, असहाय एक महिला, अति अपाङ्गता भएका नागरिक, ज्येष्ठ नागरिक, अग्रपंत्तिमा खटिने स्वास्थ्यकर्मी, सरसफाइ, कर्मचारी, सुरक्षाकर्मी लगायत जोखिम क्षेत्रमा कार्यरत कर्मचारीमा लक्षण भएमा मात्र परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरिएको गौतमले बताएका छन् । तर, उनीहरुको खर्च पनि बीमा रकमबाट काटिने सरकारले घोषणा गरेको छ ।

पहिले पैसा बुझाउने, अनिमात्रै उपचार

सरकारले २ कात्तिकपछि भर्ना भएका बिरामीको निःशुल्क उपचार नगर्ने भनेको छ । सिभिल अस्पतालद्वारा जारी सूचनामा पनि २ कात्तिकदेखि नै यो निर्णय लागु हुने भनिएको छ । तर, गतसाता नै भर्ना भएका बिरामीबाट पनि २५ हजारभन्दा बढी खर्च भएको भन्दै बिरामीसँग अस्पतालले रकम मागेको छ ।

अस्पतालमा रहेका कोरोनाका बिरामीबाट १० हजार रुपैयाँ डिपोजिट उठाउन थालिएको अस्पताल स्रोतले जानकारी दिएको छ । ‘माथिको आदेशअनुसारप्रति बिरामी १० हजार देखि १५ हजारसम्म रुपैयाँ उठाउन थालेका छौं’ अस्पतालका एक कर्मचारीले अनलाइनखबरसँग भने ।

अस्पतालका कार्यकारी निर्देशक डा. दीर्घराज आरसी आजदेखि भर्ना हुने संक्रमितले अनिवार्य रुपमा धरौटी राख्नुपर्ने बताउँछन् । उनी भन्छन्, ‘सरकारले बिरामीसँगै उपचार खर्च लिनु भनेकाले धरौटी लिएर मात्रै बिरामी भर्ना गर्छौ ।’

 

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?