Comments Add Comment

कोरोना संक्रमणबाट २१ जनाको मृत्यु

३ कात्तिक, काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट २१ जनाको मृत्यु भएको छ ।

काठमाडौं र मोरङका ४/४ जना, भक्तपुर र सुनसरीका ३/३ जना, ललितपुर र नवलपुरका २/२ जना तथा चितवन, सिन्धुली र सुर्खेतका एकएक जनाको मृत्यु भएको हो ।

  • डिल्लीबजार, काठमाडौंकी ८२ वर्षीया महिलाको आइतबार काडमाडौं मेडिकल कलेजमा मृत्यु भएको छ । उनी निमोनिया र मुटुको समस्या भएर २ कात्तिकमा अस्पताल भर्ना भएकी थिइन् । उनमा उच्च रक्तचाप र मिर्गौलासम्बन्धी समस्या पनि थियो ।
  • लैनचौर, काठमाडौंका ६६ वर्षीय पुरुषको आइतबार सशस्त्र प्रहरी अस्पतालमा मृत्यु भएको छ । १६ असोजमा कोरोना पुष्टि भएका उनी निमोनिया भएर सोही दिन अस्पताल भर्ना भएका थिए । उनमा उच्च रक्तचाप र मधुमेह पनि थियो ।
  • काठमाडौंका ४० वर्षीय पुरुषको आइतबार वीर अस्पतालमा मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या भएर २० असोजमा अस्पताल भर्ना भएका उनलाई २७ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनी मिर्गौलासम्बन्धी रोगबाट पीडित थिए ।
  • सामाखुसी, काठमाडौंका ८० वर्षीय पुरुयषको सोमबार ब्लू क्रस अस्पतालमा मृत्यु भएको छ । मधुमेह र थाइराइडको समस्या भएका उनी २७ असोजमा अस्पताल भर्ना भएका थिए भने १ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
  • पथरी शनिश्चरे नगरपालिका-१, मोरङका ५३ वर्षीय पुरुषको सोमबार न्युरो अस्पतालमा मृत्यु भएको छ । २२ असोजमा कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएका थिए । उनी मिर्गौला सम्बन्धी समस्याबाट पनि पीडित थिए ।
  • ग्रामथान गाउँपालिका-४, मोरङका ६६ वर्षीय पुरुषको सोमबार नोबेल मेडिकल कलेजमा मृत्यु भएको छ । उनलाई २७ असोजमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
  • बिराटनगर-३, मोरङका ६६ वर्षीय पुरुषको आइतबार नोबेल मेडिकल कलेजमा मृत्यु भएको छ । २७ असोजमा कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बसेका उनी श्वासप्रश्वासमा समस्या भएपछि आइतबार अस्पताल भर्ना गरिएको थियो ।
  • बिराटनगर-२, मोरङकी ६० वर्षीया महिलाको सोमबार कोशी अस्पताल कोभिड-१९ उपचार केन्द्रमा मृत्यु भएको छ । उनलाई १९ असोजमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
  • चोर्चा, भक्तपुरकी ५२वर्षीया महिलाको आइतबार धुलिखेल अस्पतालमा र्मत्यु भएको छ । निमोनिया भएर २६ असोजमा अस्पताल भर्ना भएका उनलाई २८ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
  • सूर्यविनायक, भक्तपुरका ४४ वर्षीया महिलाको आइतबार बी एण्ड बी अस्पतालमा मृत्यु भएको छ । २६ असोजमा अस्पताल भर्ना भएकी उनलाई २ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
  • मध्यपुर, भक्तपुरका ८८ वर्षीय पुरुषको आइतबार नेपाल कोरिया मैत्री अस्पतालमा मृत्यु भएको छ । मुटुमा समस्या भएर २६ असोजमा अस्पताल भर्ना भएका उनलाई ३० गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनमा दमको पनि समस्या थियो ।
  • धरान-३, सुनसरीका ७२ वर्षीय पुरुषको सोमबार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । २९ असोजमा कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा रहेका उनी सोमबार मात्रै अस्पताल भर्ना भएका थिए ।
  • धरान-१७, सुनसरीका ६८ वर्षीय पुरुषको सोमबार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । उनलाई २८ असोजमा कोरोना संक्रमण पुष्टि भएको थियो भने सोमबार मात्र प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।
  • इटहरी-२०, सुनसरीका ७८ वर्षीय पुरुषको सोमबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । रक्तअल्पताबाट पीडित उनमा उनलाई १८ असोजमा कोरोना संक्रमण पुष्टि भएको थियो भने १९ गते अस्पताल भर्ना भएका थिए ।
  • एकान्तकुना, ललितपुरका ७८ वर्षीय पुरुषको आइतबार मेडिसिटी अस्पतालमा मृत्यु भएको छ । निमोनिया भएर १४ असोमा अस्पताल भर्ना भएका उनलाई २४ गते कोरोना संक्रमण देखिएको थियो । उनमा मुटुसम्बन्धी रोग पनि थियो ।
  • गोदावरी, ललितपुरका ६२ वर्षीय पुरुषको आइतबार मेडिसिटी अस्पतालमा मृत्यु भएको छ । मिर्गौलासम्बन्धी रोगबाट पीडित उनी निमोनिया भएर ३० गते अस्पताल भर्ना भएका थिए ।
  • देउचुली नगरपालिका-११, नवलपुरकी ७५ वर्षीया महिलाको सोमबार चितवन मेडिकल कलेजमा मृत्यु भएको छ । ज्वरो, खोकीका साथै श्वासप्रश्वासमा समस्या भएपछि २७ असोजमा अस्पताल भर्ना भएकी उनलाई ३० गते कोरोना पुष्टि भएको थियो ।
  • गैँडाकोट नगरपालिका-१२, नवलपुरका ८५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । २६ असोजमा कोरोना संक्रमण पुष्टि भएका उनलाई दम र निमोनियाको समस्या थियो ।
  • भरतपुर महानगरपालिका-४, चितवनमा ७६ वर्षीय पुरुषको सोमबार चितवन मेडिकल केलजमा मृत्यु भएको छ । उच्च रक्तचाप, प्रोस्टेट र थाइराइडको समस्या भएका उनी निमोनिया भएर २० असोजमा अस्पताल भर्ना भएका थिए ।
  • सिन्धुलीका ५० वर्षीय पुरुषको सोमबार त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको छ । ४ असोजमा अस्पताल भर्ना भएका उनलाई २३ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
  • वीरेन्द्रनगर-९, सुर्खेतका ४२ वर्षीय पुरुषको शनिबार कणर्ाली प्रदेश अस्पतालमा मृत्यु भएको छ । १० दिनसम्म ज्वरो नियन्त्रण नभएपछि शुक्रबार मात्र अस्पताल भर्ना भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment