+
+

गैंडाकोट र पोखरामा दुईजना कोरोना संक्रमितको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक ३ गते १३:५७

३ कात्तिक, काठमाडौं। नवलपुर (बर्दघाट-सुस्ता पूर्व)का एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । गैँडाकोट नगरपालिका-१२ का ८५ वर्षीय पुरुषको मृत्यु भएको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

गत असोज २६ गते कोरोना संक्रमण पुष्टि भएका वृद्धाको ३० गते मृत्यु भएको हो । उनलाई दम र निमोनियाको समस्या थियो ।

यस्तै, ३० गते नै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखारमा पनि एकजना महिलाको मृत्यु भएको छ । पोखरा महानगरपालिका-३ की ५६ वर्षीया ती महिलालाई हालसम्म कोरोनाले मृत्यु हुनेको संख्यामा समावेश गरिएको थिएन ।

यससँगै गण्‍डकीमा कोरोना संक्रमणले मृत्यु हुनेहरुको संख्या ५३ पुगेको निर्देशनालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?