+
+
Shares

चितवन मेडिकल कलेजमा उपचाररत कोरोना संक्रमित वृद्धाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक ३ गते १७:२२

३ कात्तिक, काठमाडौं । भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचाररत एकजना कोरोना संक्रमित महिलाको सोमबार मृत्यु भएको छ ।

अस्पतालका निर्देशक डा. दयाराम लम्सालका अनुसार नवलपरासीको नवलपरासी (बर्दघाट सुस्त पूर्व) को देउचुली नगरपालिका–११ की ७५ वर्षीया वृद्धाको सोमबार साढे २ बजे मृत्यु भएको हो ।

श्वासप्रश्वासमा समस्या आएपछि उनी असोज २७ गते अस्पतालमा भर्ना भएकी थिइन् । ज्वरो आउने, घाँटी दुख्ने, खोकी लाग्ने समस्या देखिएका उनको असोज ३० गते कोरोना पुष्टि भएको थियो ।

आईसीयू कक्षमा राखेर उपचार गरिए पनि उनलाई बचाउन नसकिएको डा. लम्सालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?