+
+
Shares

अञ्जुकी छोरी परितोसिकाको भिडियोमा डेब्यू

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक ४ गते ९:०९

गायिका अञ्जु पन्तकी छोरा परितोसिका पन्तले अभिनयमा डेब्यू गरेकी छिन् । आफ्नै आमा अन्जुको स्वर तथा संगीतमा तयार भएको गीत ‘धेरै माया नदेउ’को म्यूजिक भिडियोमा उनले अभिनय गरेकी हुन् ।

उनको साथमा भिडियोमा कुनसाङ बोमजमले अभिनय गरेका छन् । अन्जुकी छोरी परितोसिकालाई निर्देशक निकेश खड्काले भिडियोमार्फत अभिनय यात्रामा डेब्यू गराएका हुन् । भिडियोमा कथा खोज्ने र कलरफूल बनाउन माहिर मानिने निकेशले परिको पहिलो भिडियो भएकाले पनि सक्दो मिहिनेत गरेको बताए ।

म्यूजिक भिडियोमा काम गर्नु अगाडि परिले कलाकार भोला सापकोटासँग अभिनयको २ हप्ताको अभिनयको कोर्ष समेत लिएकी थिइन् । यसपछि, निर्देशक खड्का आफैले पनि परिलाई एक सातासम्म भिडियोको शैली सिकाएका थिए ।

सुरेश वाग्लेको शब्दमा तयार भएको गीतलाई अञ्जुले आधुनिक शैलीमा तयार गरेकी छिन् । यो गीतबाट छोरीलाई डेब्यू गराउँदा उत्तम हुने सोचेर अञ्जुले परिलाई अभिनयमा ल्याएकी हुन् ।

धिरजजंग शाहले खिचेको म्यूजिक भिडियोका लागि परिले मिहिनेत गरेको निकेशले जानकारी दिए ।

नेपाली सांगीतिक क्षेत्रमा एउटा उचाई प्राप्त गरिसकेकी सफल गायिका पन्तकी छोरीको अभिनय डेब्यूृ पक्कै पनि दर्शकका लागि प्रतिक्षामा रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?