
४ कात्तिक< काठमाडौं । अर्जेन्टिनामा कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित हुनेको संख्या १० लाख नाघेको छ । अर्जेन्टिनाको स्वास्थ्य मन्त्रालयले सोमबार दिएको जानकारी अनुसार अर्जेन्टिनामा समग्र कोरोना संक्रमितको संख्या १० लाख दुई हजार ६६२ पुगेको छ ।
यससँगै अर्जेन्टिना १० लाखभन्दा धेरै कोरोना संक्रमित देखिने पाँचौं मुलुक बनेको छ । पछिल्लो २४ घण्टामा मात्र अर्जेन्टिनामा १२ हजार ९८२ नयाँ संक्रमित फेला परेका हुन् ।
त्यस्तै अर्जेन्टिनामा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या पनि २६ हजार ७१६ पुगेको छ । पछिल्लो २४ घण्टामा अर्जेन्टिनामा कोरोनाबाट ४५१ जनाको मृत्यु भएको हो ।
स्रोत : रोयटर्स
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4