
६ कात्तिक, काठमाडौं । साताको अन्तिम दिन अर्थात दशैं बिदा अघिको अन्तिम दिन सेयर बजार बढेर बन्द भएको छ । बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक ८ दशमलव ४५ अंकले बढेको हो ।
नेप्से परिसूचक बढेर १ हजार ६ सय माथि पुगेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १ दशमलव ९१ अंकले बढेको छ ।
नेप्से परिसूचकमात्रै होइन बुधबारको तुलनामा कारोबार रकममा समेत सुधार भएको छ । बुधबार एक अर्ब ६३ करोड रुपैयाँको कारोबार भएकोमा बिहीबार बढेर करिब २ अर्ब रुपैयाँ पुगेको छ ।
दिनभर भएका ३० हजार ३ सय २८ कारोबारबाट १ सय ८७ कम्पनीका ६४ लाख ५७ हजार ८ सय ३३ कित्ता सेयर खरिद बिक्री भएका छन् । जसअनुसार कारोबार रकम १ अर्ब ९९ करोड ४५ लाख ४३ हजार ९ सय १९ रुपैयाँ पुगेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।
नेप्सेमा कारोबार हुने ४ उपसमूहरु भने ओरालो लागेका छन् । होटल १४.०४ अंकले घटेको छ भने हाइड्रोपावर ६.४३ अंक, जीवन बीमा १०.०१ र म्युचुअल फण्ड ०.०६ अंकले ओरालो लागेका छन् । अन्य सबै उपसमूहहरु उकालो लागेका छन् ।
प्रतिक्रिया 4