Comments Add Comment

थाइल्याण्डमा हट्यो आपतकाल, राजीनामा दिन प्रधानमन्त्रीलाई तीन दिने अल्टिमेटम

६ कात्तिक, काठमाडौं । थाइल्याण्डमा एक साताअघि लगाइएको आपतकाल हटाइएको छ । प्रधानमन्त्री र शासन व्यवस्थाको विरोध गर्दै तीन महिनादेखि जारी आन्दोलन नियन्त्रणको लागि सरकारले आपतकाल लगाउने निर्णय गरेको थियो ।

यद्यपि थाइल्याण्डमा आन्दोलन भने रोकिएन । बढ्दो हिंसात्मक अवस्थालाई ध्यानमा राख्दै आपतकाल हटाउने निर्णय भएको सरकारले सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख छ ।

थाइल्याण्डले मुलुकमा आपतकाल घोषणा गर्दै चारजनाभन्दा धेरै मानिसको भिडमा रोक लगाएको थियो र कफ्र्युको घोषणा गरेको थियो । तर, यसले आन्दोलन नियन्त्रण गर्नुको सट्टामा झन् बढ्यो ।

बुधबार आन्दोलनकारीले प्रधानमन्त्री प्रायुथ चाङ–ओचालाई आफ्नो पदबाट राजीनामा दिन तीन दिनको समय दिएका छन् । सो अवधिमा राजीनामा नदिए आन्दोलन थप चर्काउने उनीहरुले चेतावनी दिएका छन् ।

गत वर्ष थाइल्याण्डमा भएको निर्वाचनमा धाँधली गरी जित हात पारेको आरोप प्रधानमन्त्री प्रायुथमाथि लागेको छ । आन्दोलनकारीले मुलुकमा पुनः स्वतन्त्र रुपमा निर्वाचनको माग गरेका छन् । साथै उनीहरुले राजाको पनि अधिकार कटौती हुनुपर्ने माग गरेका छन् ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment