Comments Add Comment

बेग्लै स्वादको एग करी, यसरी घरमा बनाउने

अन्डाकरी  हरेकको भान्सामा पाक्ने गर्छ । सजिलो र स्वादिलो पनि हुन्छ । अन्डाकरी पकाउने आ-आफ्नै तरिका छन् । यद्यपी सबैको स्वादमा उति भिन्नता हुँदैन ।

यसपाली हामीले त्यही अन्डाकरीबाट फरक स्वाद लिने प्रयास गरेका छौं । यो तपाईं-हामी जो कोहिले सजिलै बनाउन सक्छौं । धेरै सामाग्री चाहिँदैन । बनाउनका लागि झन्झट पनि छैन ।

आवश्यक सामाग्री

-अन्डा (उसिनेको)

-हरियो केराउको दाना

– चौसुर र सुपको साग

– बेसनको पेस्ट

-नुन

-रातो खुर्सानी

-गोलभेडा, प्याज र लसुनको पेस्ट

– तेल

-जीरा, मेथी, कालोज जीरा, पान जीरा र ज्वानोको मिश्रण

कसरी बनाउने ?

उसिनेको अन्डाको बोक्रा छोड्याउने । उक्त अन्डा डुबाउनका लागि बेसनको घोल बनाउने । घोलमा नुन राख्ने । अब अन्डालाई बेसनको घोलमा डुबाएर तेलमा तार्ने । यसरी तारेको अन्डालाई एउटा प्लेटमा राख्ने ।

अब अर्को कराहीमा तेल तताउने । त्यसमा जीरा, मेथी लगायतको मसला फुराउने । त्यससँगै रातो खुर्सानी फुराउने ।

अब प्याज, गोलभेडा र लसुनको पेस्ट हालेर केही छिन पकाउने । त्यसमाथि थोरै जीराको धुलो मिसाउने । तेल र मसला छुटिएपछि मसिनो टुक्रामा काटेको साग मिसाउने । त्यसमाथि हरियो केराउको दाना राख्ने । साग र केराउ पाकेपछि अन्डा राखेर मिसाउने ।

अब एग करी तयार भयो । यसलाई खाना वा खाजासँग तात्तातो सर्भ गनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment