
९ कात्तिक, काठमाडौं । ब्रुनाईका राजकुमार हाजी अब्दुल अजिमको ३८ वर्षको उमेरमा शनिबार निधन भएको छ ।
सन् १९८२ जुलाई २९ मा राजधानी बन्दर सेरी बेगावानमा जन्मिएका अजिम ब्रुनाईका सुल्तान हाजी ह हसनल बोल्किआका दोस्रो छोरा हुन् ।
सुल्तानको कार्यालयले जारी गरेको विज्ञप्ति अनुसार राजकुमार अजिमको निधनप्रति शोक मनाउँदै ब्रुनाईमा सात दिनसम्म आधा झण्डा झुकाइने र कुनै पनि औपचारिक कार्यक्रम नगर्ने बताइएको छ ।
शनिबार साँझसम्म राजकुमार अजिमको मृत्युको कारणबारे दरबारबाट कुनै सूचना सार्वजनिक भएको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4