+
+
Shares

मास्कले छोपेको दसैँको खुशी (फोटो फिचर)

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०७७ कात्तिक १० गते १७:११

१० कात्तिक, काठमाडौं । हिन्दू नेपालीहरुको सबैभन्दा ठूलो पर्व हो दसैँ । अनि दसैँको पनि सबैभन्दा महत्वपूर्ण र उल्लासमय दिन हो विजया दशमी अर्थात् टीका ।

यो दिन मान्यजनसँग टीका र जमरा लगाएर आशिर्वाद लिने दिन हो । दसैँमा टीका लगाउनकै लागि मानिसहरु विदेशबाट स्वदेश फर्किने र स्वदेशकै शहरबाट गाउँमा मान्यजनसमक्ष पुग्छन् ।

दसैँ आपसमा भेटघाट र खुशी साटासाट गर्ने दिन पनि हो । वर्षभरि आआफ्ना काममा व्यस्त हुनेहरु दसैँमा टीका लगाउन भेट गर्ने गर्छन् । तर यो वर्षको दसैँ विगतमा जस्तो छैन ।

कोरोना भाइरसको महामारीबाट जोगिन मानिसहरुबीच दूरी कायम गर्नुपर्नेछ यसवर्ष । त्यसैले दसैँको टीका विगतमा जस्तो उल्लासपूर्ण छैन । मान्यजनको हातबाट टीका लगाउनेहरुले पनि मास्क लगाएर आफ्नो मुस्कान छोप्न बाध्य छन् ।

हेर्नुहोस् तस्वीरहरु

लेखक
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?