Comments Add Comment

दसैं विदामा परेन मानव अधिकार उल्लंघनको उजुरी

१२ कात्तिक, काठमाडौं । दसैं विदामा मानव अधिकार उल्लंघन सम्बन्धी एउटा पनि उजुरी दर्ता नभएको राष्ट्रिय मानव अधिकार आयोगले जनाएको छ ।

आयोगका केन्द्रीय तथा प्रदेश कार्यालयहरू दसैं विदामा उजुरी ग्रहणका लागि दैनिक दुई घण्टा खुल्ला गरिएको थियो । तर विदाका बेलामा एउटा पनि उजुरी दर्ता नभएको आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले जानकारी दिए ।

आयोगमा विगत दुई दशकमा दर्ता भएका कुल १२ हजार ८२५ मध्ये ६ हजार ६१६ उजुरी फर्छ्यौट भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment