+
+
Shares

काठमाडौंका सीडीओलाई कोरोना संक्रमण

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक १३ गते १८:३१

१३ कात्तिक, काठमाडौं । काठमाडौंका प्रमुख जिल्ला अधिकारी(सीडीओ)जनकराज शर्मालाई कोरोना संक्रमण पुष्टि भएको छ । प्रजिअ दाहालले बिहीबार गृहमन्त्रालयमा आफू र आफ्नी धर्मपत्नीलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका थिए ।

गृह मन्त्रालयका प्रवक्ता चक्र बहादुर बुढाले दाहालले बिहीबार कोरोना पुष्टि भएको जानकारी दिएको बताए । ‘बिहीबार उहाँ(दाहाल)ले आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी गृह मन्त्रालयमा दिनुभएको हो ।’ बुढाले अनलाइनखबरसँग भने ।

उनी अहिले होम आइसोलेसनमा बसेको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ । काठमाडौं प्रशासनले दसैं अघिदेखि नै अत्यावश्यक बाहेकको सेवा स्थगित गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?