+
+
Shares

सेयर बजारमा ४.७२ अंकको गिरावट

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक १६ गते १६:४५

१६ कात्तिक, काठमाडौं । सेयर बजार ४.७२ अंकले घटेर १६४०.९६ को विन्दुमा आइपुगेको छ । आइतबार १९६ वटा कम्पनीको १ करोड ६ लाख २६ हजार ५१४ कित्ता सेयर २ अर्ब ९३ करोड ९ लाख ३९ हजार रुपैयाँमा किनबेच भएको थियो ।

कारोबारमा आएका १२ वटा उपसमूहमध्ये ७ वटा उपसमूहको सूचक नकारात्मक देखियो भने ५ उपसमूह सकारात्मक भएको थियो ।

आइतबार बिशाल बजार कम्पनी, हिमालयन उर्जा विकास कम्पनी, नेपाल फाइनान्स र शिवश्री हाईड्रोका लगनीकर्ताले बजारबाट धेरै कमाई गरे । बिशाल बजार कम्पनी, हिमालयन उर्जा विकास कम्पनी र नेपाल फाइनान्सको शेयर आईतबार १० प्रतिशतले बढेको थियो ।

यस्तै सानीमा इक्विटी फण्ड, स्ट्याण्डर्ड चार्टर्ड, जेनरल इन्स्योरेन्स कम्पनी र कर्णली विकास बैंकका लगानीकर्ताले भने आज बजारबाट धेरै गुमाउन पुगे । यि कम्पनीको शेयर मूल्य कम्तिमा तीनदेखि ५.३० प्रतिशतले बढेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?