+
+
Shares

नारायणीमा कार्यरत चिकित्सक अशोक कुशवाहा रहेनन्

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक १७ गते ७:२४

१६ कात्तिक, वीरगञ्ज । वीरगञ्जको नारायणी अस्पतालमा कार्यरत एक चिकित्सकको मृत्यु भएको छ । अस्पतालको आकस्मिक विभागमा कार्यरत ४३ वर्षीय डाक्टर अशोक कुशवाहाको आइतबार दिउँसो मृत्यु भएको हो ।

मिर्गौलामा समस्या देखिएपछि उनको ६ महिनादेखि डायलायसिस चलिरहेको थियो । टाइप–१ मधुमेहबाट समेत पीडित उनी स्वास्थ्यमा समस्या आएपछि विदामा थिए । आइतबार स्वास्थ्य अवस्था झनै बिग्रिएपछि उपचारका लागि नारायणी अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा दिउँसो ३ बजे आइसियुमा उनको मृत्यु भएको नारायणी अस्पतालको आकस्मिक विभाग प्रमुख डाक्टर उदय नारायण सिंहले जानकारी दिए ।

‘टाइप–वान मधुमेहका कारण शरीरमा चिनीको असन्तुलन हुने गरेको थियो, त्यसमाथि मिर्गौलाको समस्या देखिएपछि विदामा हुनुहुथ्यो,’ डाक्टर सिंहले भने, ‘अवस्था झनै बिग्रिएपछि उपचारका लागि अस्पताल ल्याइएको थियो । डायलायसिस गर्ने तयारी हुँदै थियो, हामीलाई छोडेर जानुभयो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?