Comments Add Comment

पूर्वसमूहको आधारमा समीकरण बनाएर खेल्न खोज्दा नेकपामा दुर्भाग्य : ईश्वर पोखरेल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सचिवालय सदस्य तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले पूर्वसमूहभित्रको आवद्धताका आधारमा समीकरण बनाएर खेल खेल्न खोज्दा पार्टी विभाजन हुन लागेको बताएका छन् ।

सोमबार दिउँसो ट्वीटरमार्फत उनले एकताका बेला गरिएको सहमति विपरीत पूर्वसमूहको समीकरण बनाएर विभाजनको दुर्भाग्य निम्त्याउन लागेको आरोप लगाएका छन् ।

‘यस्‍तो दुर्भाग्य निम्त्याउनेहरुलाई सबैले बेलैमा चिनौं, खबरदारी गरौं’ उनले भनेका छन् । व्यक्तिगत स्वार्थका लागि पार्टी विभाजन गर्न खोजिएको भन्दै उनले यसको विरोध गर्दै एकता जोगाउन पनि आह्वान गरेका छन् ।

पछिल्लो केही दिनयता नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच विवाद बढ्दै गएको छ । प्रचण्डले प्रधानमन्त्री ओलीले आफूसँग अब अलग होऔं भनेर प्रस्ताव गरेको उनले आफूनिकट नेताहरुलाई ब्रिफिङ गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment