Comments Add Comment

भारतले भन्यो– सेना प्रमुखको भ्रमण रक्षा सहकार्यलाई अझ सुदृढ बनाउने मौका

१८ कात्तिक, काठमाडौं । भारतले आफ्नो सेना प्रमुखले बुधबारदेखि गर्ने नेपाल भ्रमणले लामो समयदेखि दुई सेनाको बीचमा रहेको परम्परागत सम्बन्धलाई सुदृढ बनाउने बताएको छ ।

भारतीय सेना प्रमुख एमएम नरवणेको भ्रमणका सम्बन्धमा विभिन्न संचारमाध्यमले राखेको जिज्ञासामा नेपालस्थित भारतीय दूतावासका प्रवक्ता नवीन कुमारले सो भ्रमणले दुवै देशलाई रक्षा सहकार्य सम्बन्धी दुईपक्षीय सम्बन्धको बारेमा छलफल गर्ने अवसर प्रदान गर्ने र यसलाई अझ सुदृढ गर्नका लागि बाटो खोल्ने धारणा व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment