Comments Add Comment

फोटोन मोटर्सका बिजुली बस नेपालमा आउने

बिजुली बसको विषयमा चासो बढ्दै गईरहेको अवस्था छ । विश्वका धेरै जस्तो राष्ट्रहरुको यस प्रतिको चासो तथा प्रवर्द्धनले बिजुली बसको बजार विस्तार भईरहेको छ ।

बिजुली बस उत्पादनमा बीवाईडी,युटोहङ, एबी भोल्भो, फोटोन, लगायतका उत्पादक समूहले आन्तरिक तथा अन्तर्राष्ट्रिय बजारको मागहरु सम्बोधन गरिरहेको छ ।

वातावरणमैत्री एवम् जनस्वास्थ्यमा समेत सकारात्मक प्रभाव पर्ने बिजुलीबाट उत्पादित बस, कार, मोटरसाईकल, स्कुटर आदिको नेपाल तथा विश्वका अन्य मुलुकमा उपभोक्ताहरुको राम्रो ध्यानाकर्षण भईरहेको र मागहरु बढ्दै गईरहेको तथ्य पछिल्लो बजार तथ्याङ्कले पनि दर्शाएको छ ।

अत्याधुनिक सुविधासहित उपलब्धहुने बिजुली बसहरु अरु डिजेलबाट चल्ने बसहरु भन्दा झन्डै तिन गुणा महङ्गो पर्ने हुदाँपनि यो बिजुली बस चलाउँदा व्यवसायीहरुलाई लामो समयसम्ममा बढी नाफा हुने गर्दछ । बिजुली आपुर्ति सहजहुदाँ डिजेल भन्दा बिजुली गाडी सञ्चालन खर्च कमहुने अन्तराष्ट्रिय अध्ययनहरुले प्रमाणित गरिसकेको छ ।

लिथियम ब्याट्रीबाट सञ्चालन हुने बिजुली बस, कार, मोटरसाईकल, स्कुटर आदि उत्पादनमा चीन अरु राष्ट्रहरु भन्दा धेरै माथि रहेको अवस्था छ । उत्पादन संख्या धेरै भएको चिनका उत्पादकहरुले विश्व बजारमा धेरै संख्यामा गाडी तथा ब्याट्रीहरु सुपथ मूल्यमा मागअनुसार निर्यात गरिरहेको छ ।

हाल नेपाली बजारमा निजी लगानी मार्फत केही बिजुलीबसहरु सञ्चालनमा आएको अवस्था छ र आगामी दिनहरुमा नेपाल सरकारद्वारा यातायात क्षेत्रको प्रवर्द्धन तथा वातावरण मैत्री बिजुली गाडीहरु नेपालको विभिन्न स्थानहरु अध्ययन अवलोकन गर्दै त्यस्ता आवश्यक ठाउँहरुमा बिजुली बसहरु खरिद गरी यात्रुहरुको सेवामा प्रयोग गर्ने आफ्नो योजनाहरु नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयद्वारा अघि बढाईएको छ ।

बिजुली बस अन्तर्गत अन्तराष्ट्रिय जगतमा नै ख्याति कमाउँदै फोटोन मोटर्सले राम्रो छाप छोड्दै आईरहेको छ । उत्पादन चिन लगायत विश्वका ११० भन्दा बढी राष्ट्रहरुबाट फोटोन मोटर्सले आफ्नो उत्पादन विक्री तथा विस्तार गरिरहेको छ ।

बिजुली बसको सन्दर्भमा छिमेकी मुलुक भारतसँग सहकार्य गर्दै भारतको प्रसिद्ध बस कम्पनी पीएमआईसँग जोइन्ट भेन्चरमा भा.रु. ५०० करोडको लगानीमा म्यानुफ्याक्चरिङ प्लान्ट  स्थापन गरेको हुदाँ नेपाली बजारमा उपभोक्ताहरुको मागअनुसार बिजुली गाडी भविष्यमा चीन तथा भारत बाट सजिलै आयात गर्न सकिने भएको छ । नेपालमा फोटोन मोटर्स गाडीको सप्लाई भारत तथा चिनबाट सजिलै हुने भएकोले नेपालमा फोटोन गाडीको भविष्य उज्जवल रहेको कम्पनी बताउँछ ।

वातावरण मैत्री एवम् अत्याधुनिक सुविधा सम्पन्न यी बसहरुको वाषिर्क कर नेपालको सन्दर्भमा नलाग्ने हुदाँ र नविकरण शुल्क पनि थोरै हुनेछ । गाडी सञ्चालन पश्चात् यसको मर्मत खर्च समेत कमहुने भएकोले यसका प्रयोगकर्ताहरुले सजिलै लाभ उठाउन सक्नेछन् ।

नेपालको सन्दर्भमा नेपाल सरकार मातहतका जिम्मेवार संस्थाहरुले बिजुली गाडीको सहज सञ्चालनका निम्ति सरकारी तवरबाट लगानीभई नेपालका विभिन्न स्थानहरुमा चार्जिङ्ग स्टेशनहरु निर्माण गरी बिजुली गाडी तर्फ उपभोक्ता, व्यवसायी तथा सर्वसाधारणहरुको आकर्षण बढाउन जरुरी देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment