+
+
Shares

एक्साइडको नयाँ ब्याट्री बजारमा

७७ महिनाको वारेन्टीको साथ अत्याधुनिक कारहरुलाई लक्षित गरी

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक १९ गते १९:०१

एक्साइड इन्डस्टि्रजका नेपालस्थित आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रालिले ग्राहकको चाहना र प्रविधिको विकासलाई आत्मसात गर्दै ७४ एम्पियरको ईपीआईक्यु डिन ब्याटि्र ७७ महिना वारेन्टीको साथ अत्याधुनिक गाडीहरुका लागि ल्याएको छ ।

सिप्रदी ट्रेडिङ्ग प्रा.लि. अन्तर्गत एक्साइड ब्याट्री विभागका महाप्रवन्धक सुरेश कुमार तिवारीका अनुसार ईपीआईक्यु डिन ७४ ब्याट्री उत्कृष्ट प्रविधिद्वारा निर्मित ब्याट्री हो । यसमा प्रयोग भएको पेन्टा एल्वोइले गर्दा ब्याट्रीमा लाग्ने खिया कम गरी ब्याट्रीको जीवन अवधि लामो बनाउँछ जसले गर्दा यो ब्याट्री अन्य ब्याट्रीहरुको तुलनामा बढी समय सम्म टिक्ने गर्दछ ।

यो ईपीआईक्यु डिन ७४ ब्याट्रीमा प्रयोग भएको विशेष पेस्टले गर्दा ब्याट्री टिक्ने अवधि बढाउने मात्र होइन छिटो चार्ज पनि हुने गर्दछ । ईपीआईक्यु डिन ७४ ब्याट्रीमा जडित डबल क्लाड पोलिथिलिन र ग्लास म्याट सेपरेसनले गर्दा धेरै नै भरपर्दो तथा लामो समय सम्म ब्याट्री टिक्ने भएकोले हाम्रा ग्राहकहरुले यो ब्याट्रीलाई मन पराइदिनु हुन्छ भन्ने कुरामा हामी विश्वस्त छौं ।’

ईपीआईक्यु डिन ७४ ब्याट्रीको राम्रो विशेषता भनेको वेट सेल्फ लाइफ हो । यो वेट सेल्फ लाइफ बढी हुने भएकोले छिटो डिस्चार्ज हुदैन । सामान्यतया अटोमोटिभ ब्याट्रीहरु ३ महिनासम्म निष्क्रिय रुपले वा प्रयोग नगरिकन राख्यो भने ब्याट्री डिस्चार्ज हुने गर्दछ तर ईपीआईक्यु डिन ७४ ब्याट्री ६ महिनासम्म पनि प्रयोग नगरीकन राख्दा डिस्चार्ज हुँदैन ।

त्यसपछिको समयमा यदि ब्याट्री डिस्चार्ज भइहाले पनि यो ब्याट्री अन्य ब्राण्डको तुलनामा छिटो चार्ज हुन्छ ।

ईपीआईक्यु डिन ७४ ब्याटि्र बि एम डब्लु, सेभ्रोलेट, टाटा, फोर्ड रेन्जर, हृयुनडाई, मर्सिडिज बेन्ज, निसान, रेनौल्ट, स्कोडा, भोक्सवागन, मित्सुबिशी जस्ता अत्याधुनिक डिजेल तथा पेट्रोल कारहरुमा प्रयोग गर्न सकिन्छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?