Comments Add Comment

धावक कार्की ललितपुरदेखि जनकपुरसम्म दौड्ने

१९ कात्तिक, काठमाडौं । धावक रामसुन्दर कार्कीले ललितपुरदेखि जनकपुरसम्म दौड्ने भएका छन् । उनले पुस १ गते ललितपुरको गोदावरी नगरपालिकाको गोदामचौरस्थित कार्की टोलबाट दौड यात्रा प्रारम्भ गर्ने जानकारी दिए ।

कार्की पनि गोदामचौर निवासी हुन् । उनले त्यहाँ आफैले बनाएको हनुमान मन्दिरबाट दौड सुरु गर्ने छन् ।

कार्कीले गोदामचौरदेखि जनकपुरसम्म दोश्रोपटक दौड्न लागेका हुन् । करिब २२५ किलोमिटर दुरी ३ दिनमा पूरा गर्ने कार्कीले जानकारी दिए । ‘मदिरामुक्त समाज’ नारा दिइएको दौड जनकपुरको रामजानकी मन्दिर पुगेपछि टुंगिने छ ।

कार्कीको दौडलाई नेपाल शाकाहारी पार्टी र फुड बैंकले सहयोग गर्ने भएको छ । शाकाहारी पार्टीका केन्द्रीय अध्यक्ष राधे खड्काले पनि व्यक्तिगतरुपमा कार्कीको दौडलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

कार्की २०६४ सालमा १ सय १ दिन लगाएर दौडेर ७५ जिल्ला पुगेका थिए । त्यस्तै उनले काठमाडौं-लुम्बिनी ६ पटक, काठमाडौं-सिन्धुली ३ पटक, काठमाडौं-दोलखा ३ पटक र विश्व पर्यटन दिवसका अवसरमा काठमाडौं-पोखरा १ पटक दौडिसकेका छन् ।

४९ वर्षीय कार्कीले काठमाडौं-उत्तर प्रदेश- बिहार तथा काठमाडौं-भारतको पश्चिम बंगाल-भुटान दौडेर ओहोर-दोहोर गरेका छन् ।

दौडबाट संकलित रकम धार्मिक र सामाजिक कार्यमा पनि सहयोग गर्ने बताए । ‘विगतमा पनि दौडहरुबाट संकलित केही प्रतिशत रकम धार्मिक र सामाजिक कार्यमा सहयोग गरेको थिए । ‘यसपटक पनि सहयोगलाई निरन्तरता दिने छु,’ कार्कीले भने ।

उनको दौडलाई पूर्वधावक ओलम्पियन कृष्णबहादुर बस्नेत नेतृत्वको टोलीले निगरानी गर्ने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment