+
+
Shares

चिनियाँ प्रोफेसर भन्छन् – एमसीसीलाई बीआरआई काउन्टर गर्ने औजार बनाए चीनले विरोध गर्छ

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक २० गते १६:१९

२० कात्तिक, काठमाडौं । चीनको हबेई युनिभर्सिटी अफ इकोनोमिक्स एन्ड विजनेसको नेपाल अध्ययन सेन्टरका निर्देशक एवं प्रोफसर चाङ सुविनले अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) लाई चीनको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) लाई काउन्टर गर्ने हतियार बनाए चीनले एमसीसीको सशक्त विरोध गर्ने बताएका छन् ।

एसियन इन्टिच्युट अफ डिप्लोमेसी एण्ड इन्टरनेसनल रिलेसनले आयोजना गरेको नेपाल–भारत–चीन सहकार्य सम्बन्धी एक वेबिनारमा बोल्दै उनले नेपाल सरकार र नेपाली जनताले राष्ट्रिय हितलाई केन्द्रमा राखेर बुद्धिमतापूर्वक निर्णय लिने अपेक्षा आफूहरुले गरेको बताए ।

उनले विरोधका लागि मात्र विरोध गर्न नहुने भन्दै अमेरिका, चीन र भारतका लागि नेपाल विन विन सहकार्यको प्लेटफर्म हुनुपर्ने र यो नै नेपालका लागि राम्रो हुने धारणा राखे ।

उनले भने, ‘यदी अमेरिकाले वास्तवमा नै एमसीसीमार्फत नेपालको पूर्वाधार निर्माणमा सहयोग गर्न चाहेको हो भने नेपालका साथीहरुको एमसीसीले नेपालको सार्वभौमसत्ता र आर्थिक विकासमा पार्न सक्ने असरसम्बन्धी चिन्तालाई सम्वोधन गर्नका लागि यसलाई आवश्यक संशोधन गर्दा सजिलो हुन्छ । उनले नेपालले कुनै सम्भावित हानी नगर्ने सबै मुलुकको आर्थिक सहयोगबाट फाइदा लिने विश्वास समेत व्यक्त गरे ।

उनले अगाडि भने, ‘तपाईंहरुलाई लाग्छ, एमसीसी तपाईहरुका लागि राम्रो छ, यसलाई स्वीकार गर्नुस्, राम्रो छैन भन्ने लाग्छ भने कुनै हिच्किचाहटविना अस्वीकार गर्नुस् । मलाई लाग्छ, यस सम्बन्धमा श्रीलंकाले नेपालका लागि एउटा उदाहरण पेश गरेको छ ।’

कार्यक्रममा बोल्दै अमेरिकाको हावर्ड विश्वविद्यालय अन्तर्गतको हावर्ड एसिया सेन्टरका अनुसन्धानकर्ता अनु अनवरले नेपाललाई सबैभन्दा पहिला आफ्नो राष्ट्रिय लक्ष्य पहिल्याएर भारत र चीन दुवैसँग सहकार्य गर्न सुझाव दिएका छन् ।

उनले भने, ‘भारत र चीनका वीचमा नेपाल रहेको छ । विश्वमा हेर्ने हो भने साना मुलुकहले पनि राम्रो आर्थिक विकास गरेर शक्ति आर्जन गरेका छन् । उदाहरणका लागि बेल्जियम र सिंगापुरलाई हेर्न सकिन्छ ।’

उनले दक्षिण एसियाका साना मुलुकहरुले ग्रेट पावरसँग प्रतिस्पर्धा नगरी आर्थिक विकासका लागि सहकार्य गर्नुपर्ने वताए । साथै उनले दक्षिण एसियामा अमेरिकाले इन्डोप्यासेफिक रणनीतिअन्तर्गत विभिन्न भूमिका खेलको तर दक्षिण एसियाको विकासका लागि योगदान गर्न सक्ने गरी नआएको बताए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?