+
+
Shares

अमेरिकामा एकैदिन थपिए एक लाखभन्दा धेरै कोरोना संक्रमित

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक २० गते १६:४२

२० कात्तिक, काठमाडौं । अमेरिकामा कोरोना भाइरस (कोभिड–१९) का एक लाखभन्दा धेरै संक्रमित थपिएका छन् । जोन्स हप्किन्स युनिभर्सिटीले दिएको जानकारी अनुसार बुधबार एक लाख एक लाख दुई हजार ८३१ नयाँ संक्रमित थपिएका हुन् । यो संख्या एकैदिनमा थपिएको अहिलेसम्मकै सबैभन्दा ठूलो संख्या हो । यससँगै अमेरिकामा कोरोनाबाट संक्रमित हुनेको संख्या ९४ लाख ८७ हजार ४६७ पुगेको छ ।

त्यस्तै अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या पनि दुई लाख ३३ हजार ७२९ पुगेको छ । बुधबार मात्र अमेरिकामा कोरोनाको कारण एक हजार ९७ जनाको मृत्यु भएको हो ।

अमेरिका मृतक संख्या तथा संक्रमितको आधारमा कोरोनाबाट सबैभन्दा प्रभावित मुलुक हो । अहिले अमेरिकामा राष्ट्रपतिको निर्वाचनको मतगणना भइरहेको कारण कोरोनाको महामारीको विषय छायामा परेको छ । अहिले अमेरिकाका अस्पतालहरुमा ५० हजारभन्दा धेरै मानिसहरु भर्ना भएका छन् । यो संख्या गत अक्टोबरको सुरुआतको तुलनामा ६४ प्रतिशत बढी हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?