Comments Add Comment

ट्रम्पलाई ग्रेटाको व्यंग्य – ‘चिल डोनाल्ड चिल’

२१ कात्तिक, काठमाडौं । अमेरिकामा नयाँ राष्ट्रपतिका लागि निर्वाचनको मतगणनाको नतिजा आउन बाँकी छ । नतिजा आउँदै गर्दा निर्वाचनको विषयमा विवाद पनि सुरु भइसकेको छ । निर्वाचनमा भइरहेको मतगणनाको विषयमा दुवै उम्मेदवार जो बाइडन र डोनाल्ड ट्रम्पले निरन्तर सामाजिक सञ्जाल ट्वीटरमार्फत् आ-आफ्नो प्रतिक्रिया दिइरहेका छन् । यद्यपि ट्रम्प भने बाइडनको तुलनामा ट्वीटरमा धेरै सक्रिय छन् । ट्रम्पले गरेका धेरै ट्वीटलाई गलत वा भ्रामक रहेको भन्दै ट्वीटरले पनि लुकाइरहेको छ ।

यसैबीच ट्रम्पले एउटा ट्वीट गरेका थिए – स्टप द काउन्ट अर्थात् मतगणना रोकियोस् । यो ट्वीटलाई रिट्वीट गर्दै पर्यावरण संरक्षणकी अभियान्ता ग्रेटा टुनबर्गले लेखेकी छिन्, ‘धेरै हास्यास्पद । डोनाल्डले पहिला आफ्नो आक्रोश नियन्त्रण गर्न सिक्नुपर्छ, त्यसपछि आफ्ना साथीहरुसँग पुरानो जमानाको फिल्म हेर्न जानुपर्छ । चिल डोनाल्ड चिल ।’

वास्तवमा टुनबर्गले दिएको यो जवाफ ट्रम्पकै भाषा हो । सन् २०१९ मा टाइम पर्सन अफ द इयर टुनबर्गलाई दिने निर्णय भएसँगै ट्रम्पले ट्वीट गरेका थिए – धेरै हास्यास्पद । ग्रेटाले आफ्नो आक्रोश नियन्त्रण गर्न सिक्नुपर्छ, त्यसपछि आफ्ना साथीहरुसँग पुरानो जमानाको फिल्म हेर्न जानुपर्छ । चिल ग्रेटा चिल । ट्रम्पले जलवायुको मुद्दालाई अमेरिकालाई कमजोर बनाउन अन्य मुलुकले उचालेको मुद्दा बताउँदै आएका छन् । परिस सम्झौताबाट अमेरिका बाहिरिने निर्णय पनि गरेका थिए । त्यसैले उनले जलवायु संरक्षणकी अभियान्ता टुनबर्गमाथि निशाना साँध्दै आएका थिए । त्यसैले अहिले अमेरिकी निर्वाचनको प्रारम्भिक नतिजामा पछि देखिएका ट्रम्पलाई करिब एक वर्षपछि टुनवर्गले उनकै भाषामा जवाफ फकाउँदै व्यंग्य गरेकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment