Comments Add Comment

कर्णालीमा थपिए ७६ कोरोना संक्रमित, २२६ डिस्चार्ज

२१ कात्तिक, सुर्खेत । पछिल्लो २४ घन्टामा कर्णालीमा थप ७६ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ ।

कर्णाली प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, चौरजहारी प्रयोगशाला रुकुम पश्चिम र दैलेख अस्पताल प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा शुक्रबार ७६ जनामा संक्रमण पुष्टि भएको हो ।

नयाँ संक्रमितमध्ये सुर्खेतका मात्रै ४० जना रहेका छन । जसमध्ये नेपाल आर्मी १६ जना, ८ जना विद्यार्थी, कर्मचारी र मजदुर तीन/तीनजना, व्यवसायी, शिक्षक र थुनुवा एक/एकजना रहेको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।

त्यस्तै जुम्लाका ७ जना, दैलेखका ६ जना, रुकुम पश्चिमका एकजना र अन्य प्रदेशका १९ जना रहेको महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए ।

योसँगै प्रदेशभर कोरोना संक्रमितको संख्या ६ हजार १३३ पुगेको छ ।

महाशाखाको पछिल्लो तथ्याङ्कअनुसार शुक्रबार मात्रै प्रदेशमा थप २२६ जना कोरोनामुक्त भएका छन् । प्रदेशमा हालसम्म कोरोनाको संक्रमणबाट मुक्त हुनेको संख्या ५ हजार ४९३ पुगेको छ ।

प्रदेशभर हालसम्मा ५१५ जना कोरोनाका सक्रिय संक्रमित रहेको महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत कँडेलले जानकारी दिए । कर्णालीमा हालसम्म कोरोनाका कारण १६ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment