
२१ कात्तिक, काठमाडौं । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप एकजना कोरोना संक्रमितको शुक्रबार मृत्यु भएको छ ।
प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठका अनुसार सुनसरीको धरान–१६ की ८१ वर्षीया वृद्धाको उपचारको क्रममा शुक्रबार दिउँसो २ बजे मृत्यु भएको हो ।
१९ कात्तिकमा कोरोना संक्रमण पुष्टिभएपछि उनी त्यसको भोलिपल्ट प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना भएकी थिइन् ।
डा. श्रेष्ठका अनुसार उनी हाइपरटेन्सनसम्बन्धी बिरामी पनि थिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4