Comments Add Comment

क्रिकेट टिमको प्रशिक्षण मंसिर १० देखि

२२ कात्तिक, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षण मंसिर १० देखि हुने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)को शनिबार भएको भर्चुअल बोर्ड बैठकले स्वास्थ्य मापदण्ड पालना गर्दै बन्द प्रशिक्षण सुरु गर्ने निर्णय गरेको हो । प्रशिक्षण सुरु गर्न राष्ट्रिय खेलकुद परिषद् -राखेप)ले अनुमति दिइसकेको छ ।

बैठकले  मंसिर ३ गते साधारणसभा गर्ने निर्णय गरेको छ ।

यसअघि असोजमा अन्तिममा गर्ने भनिउको साधारणसभा  क्यान अध्यक्ष चतुबहादुर चन्द र सचिव अशोकनाथ प्याकुरेललाई कोरोना संक्रमण भएपछि क्यान प्रभावित भएको थियो ।

यस्तै राष्ट्रिय क्रिकेट टिमलाई आवश्यक फिटनेश ट्रेनर हायर गर्ने, भारतीय दूतावासको सहयोगमा कीर्तिपुरस्थित त्रिवि मैदानको पबेलियन हलको स्तरोन्नति र मुलपानीस्थित माथिल्ल क्रिकेट मैदानमा ड्रेनज निर्माण प्रक्रिया अघि बढाउने निर्णय गरेको छ ।

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता आगामी डिसम्बरको अन्त्यमा सञ्चालन गर्ने गरी प्रक्रिया अघि बढाइने निर्णय पनि क्यान बोर्ड बैठकले गरेको छ ।

दुर्गाराज पाठकको संयोजकत्वमा नेसनल क्रिकेट एकेडेमी सञ्चालन कार्यविधि बनाउने, प्रशान्त बिक्रम मल्लको संयोजकत्वमा ऋषि गौतम दुर्गाराज पाठक कैलाष विष्ट र छुम्बी लामा सदस्य रहनेगरी दुई हप्ताभित्र ती वर्षीय रणनैतिक योजना निर्माण गर्ने निर्णय पनि भएको क्रिकेट संघले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment