
घटस्थापनाको दिनबाट चलचित्र ‘आई एम ट्वान्टी वान र ए मेरो हजुर ४’को छायांकन सुरु भएको थियो । दुबै चलचित्रको छायांकन फूलपातीको दिनपछि केही दिनसम्म रोकियो । दशैं सकिए लगतै फेरि चलचित्रको छायांकन सुरु भएको छ । चलचित्र ‘ए मेरो हजुर ४’को छायांकन भने अगाडि बढिरहेको छ ।
तर, चलचित्र ‘आई एम ट्वान्टी वान’को छायांकन भने प्रभावित भएको वुझिएको छ । यो चलचित्रको सम्पूर्ण टिम छायांकनको अवधीभर एकै ठाउँमा बसेर काम गरिरहेका थिए ।
केही समय अगाडि चलचित्रका निर्माता प्रज्ज्वल शमशेर जबराले अनलाइनखबरसँग भनेका थिए–‘हामी सबै जना छायांकन अवधीभर एकै ठाउँमा बसेर काम गर्छौ । यसले, यदि कोही सदस्य संक्रमित भएको खण्डमा कन्ट्याक्ट ट्रेसिङ गर्न सजिलो हुन्छ ।’
वुझिएअनुसार, चलचित्रमा काम गरिरहेका ३ सदस्यलाई कोरोना पुष्टी भएपछि यसको छायांकन रोकिएको छ । दशैंपछि केही दिन चलचित्रको छायांकन भएपनि अहिले काम प्रभावित भएको छ ।
सरकारले कोरोनाका कारण विगत ८ महिनादेखि चलचित्रको काम बन्द गर्न निर्देशन दिएको छ । तर, केही चलचित्रको छायांकन भने जोखिम मोलेरै भैरहेको छ । रेनशा वान्तवा राइको निर्देशनमा तयार भैरहेको यो चलचित्रमा धिरज मगर र जसिता गुरुङको मुख्य भूमीका रहेकाे छ ।
प्रतिक्रिया 4