+
+
Shares

दीपकराज जोशीले पाए अन्तर्राष्ट्रिय टुरिजम हिरो अवार्ड

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक २५ गते १७:५३

२५ कात्तिक, काठमाडौं । वर्ल्ड टुरिजम नेटवर्कले नेपाल पर्यटन बोर्डका निवर्तमान प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा टुरिज्म रिकभरी टास्कफोर्स नेपालका संयोजक दीपकराज जोशी अन्तर्राष्ट्रिय टुरिजम हीरो अवार्डबाट सम्मानित भएका छन् । दक्षिण एसियाबाट उक्त अवार्ड प्राप्त गर्ने उनी पहिलो व्यक्ति बनेका छन् ।

विश्वभरबाट नामांकन दर्ता गरिएका पर्यटन क्षेत्रमा आवद्ध व्यक्तिको मूल्यांकनका आधारमा उत्कृष्ट, समर्पित एवं उल्लेखनीय योगदान दिदै कृयाशील व्यक्तिलाई अवार्ड दिने गरेको नेटवर्कले जनाएको छ ।

अवार्ड पाउने अन्य व्यक्तिमा सेशेल्सका पर्यटनमन्त्री अलेन स्ट अंगे, क्वीआई ग्रुपका निर्देशक विजय पूनूसम्त, अफ्रिकन टुरिज्म बोर्डका अध्यक्ष काथबर्ट एनक्यूब, जिम्बाब्वेका पूर्वपर्यटन मन्त्री डा. वाल्टर मेक्सेम्बी, विश्व पर्यटन संगठनका निवर्तमान महासचिव डा. तालेब रिफाई, केन्याका पर्यटन सचिब नाजिब बलला र जमैकाका पर्यटनमन्त्री एडमण्ड बार्टलेटसमेत छन् ।

अवार्डले आफूलाई पर्यटन विकास र पुनरुत्थानका लागि थप सक्रिय हुन प्रेरित गरेको जोशीेले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?