Comments Add Comment

वीरगञ्जको कार्टुन उद्योगमा आगलागी

२६ कात्तिक, वीरगञ्ज । वीरगञ्जको एउटा कार्टुन बनाउने उद्योगमा भिषण आगलागी भएको छ ।

वीरगञ्ज-१५ इनर बाईपास स्थित हनुमान प्याकेजिङमा आगलागी भएको हो । राजेश प्रसाद सिंह लगायतले सञ्चालन गरेको प्याकेजिङ उद्योगमा आगलागीले पुर्‍याएको क्षतिको विवरण आउन सकेको छैन ।

वीरगञ्ज महानगरपालिकाको २ वटा, कलैया उपमहानगरपालिका र पोखरिया नगरपालिकाको १/१ वटा गरी चार वटा दमकलको सहायतामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले आगो नियन्त्रणमा लिएका छन् ।

उद्योगसम्म जाने बाटो साँघुरो हुँदा आगलागी नियन्त्रणमा समस्या भएको वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक दिपक शाहले जानकारी दिए । ‘कार्टुन बनाउने उद्योग रहेछ, आगो त लगभग नियन्त्रणमा आइसक्यो’ उनले भने ‘मान्छे उद्योगभित्र जान सकेको छैन ।’

आगलागीको कारण खुल्न नसकेको र क्षतिको विवरण संकलन भइरहेको जानकारी उनले दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment