+
+
Shares

शुक्रबार चार बजे बोलाइयो नेकपा सचिवालय बैठक

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक २७ गते ९:३९

२७ कात्तिक, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक शुक्रबार दिउँसो चार बजे बोलाइएको छ ।

महासचिव विष्णुप्रसाद पौडेलले सचिवालय बैठक भोलि दिउँसो बस्ने जानकारी सचिवालय सदस्यहरुलाई दिएका छन् ।

अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले महासचिव पौडेललाई सचिवालय बैठकको मिति तय गर्ने जिम्मा दिएका थिए ।

अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सहित पाँच सचिवालय सदस्यले कात्तिक २३ गते र गत मंगलबार पनि तत्काल सचिवालय बैठक बोलाउन माग गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?