+
+
Shares

भ्याक्सिन खरिद गर्न अध्यायदेश – मन्त्री ढकाल

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक २७ गते १८:१०

२७ कात्तिक, विराटनगर । विश्व बजारमा भ्याक्सिन तयार हुने वितिकै खरिद गर्नका लागि सरकारले अध्यादेश तयार गरेको स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले बताएका छन् ।

विराटनगरस्थित कोशी अस्पताल र कोरोना उपचार केन्द्रको बिहीबार निरीक्षण गर्दै मन्त्री ढकालले भ्यासिन आयत गर्न कानुनी प्रक्रिया सहज बनाउन अध्यादेश तयार गरेकोले यसको सफल परीक्षण भएपछि नेपालमा ल्याउने बताएका हुन् ।

औषधि उत्पादन गरिने राष्ट्रहरुले भ्याक्सिन प्रयोग गर्दा नेपालमा पनि प्रयोग गर्न सकियोस भन्ने उद्देश्यले सरकारले औषधि आयतमा बाधा अडचनहरू हटाउनका निम्ति अध्यादेश तयार गरिएको जानकारी दिए ।

अहिले विभिन्न मुलुकमा कोरोना भ्याक्सिनको क्लिनिकल परीक्षण भइरहेको छ । मन्त्री ढकालले भ्याक्सिनको आवश्यक व्यवस्थाको निम्ति राज्यकोतर्फबाट पहल गरिने बताए ।

भौतिक संरचनाको अभाव र यसलाई स्तरीय बनाउन वर्तमान सरकारले ६ हजार २ सय २ बेड अस्पतालमा थप गरिएको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?