Comments Add Comment

भर्चुअल माध्यमबाटै ओलम्पिक कमिटीको सधारण सभा

२७ कात्तिक, काठमाडौं । नेपाल ओलम्पिक कमिटी एनओसीको वार्षिक साधारण सभा भर्चुअल माध्यमबाट सम्पन्न भएको छ ।

साधारण सभाको पहिलो सत्रमा ओलम्पियनहरुको तर्फबाट ओलम्पियन दीपक विष्ट नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष देबेन्द्र सुवेदी एनओसीका सल्लाहकार तथा पूर्वखेलकुद मन्त्री शरद सिं भण्डारीले शुभकामना दिए ।

यस्तै एनओसीका पूर्वअध्यक्ष एवं मानार्थ अध्यक्षसमेत रहेका रुक्म शमशेर राणाले कार्य सफलताको सुभकामना दिँदै नेपाली खेलकुदका अभिलेखहरु संकलन गर्ने र संरक्षण गर्नुपर्नेमा जोड दिए ।

अर्का मानार्थ अध्यक्ष ध्रुबबहादुर प्रधानले वर्तमान परिस्थितीमा कसरी खेलकुदलाई अगाडि बढाउने भन्ने सल्लाह तथा सुझाव दिए ।

यस्तै राष्ट्रिय खेलकुद परिषद राखेपका सदस्य सचिव रमेश सिलवालले अहिलेको अवस्थामा नेपाल सरकारको प्रोटोकललाई ध्यानमा राखी खेलकुदको कार्यक्रमहरु सञ्चालन गर्ने जानकारी गराए ।

यस्तै साधारण सभाको प्रमुख अतिथि युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले एनओसीले गरिरहेको कार्य र कोभिडको महामारीमा एनओसीले विभिन्न अनलाइन तालिम तथा प्रशिक्षणहरु सञ्चालन गरेको कार्यको प्रशंसा गरे ।

साधारण सभाबाट एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले एनओसीको आर्थिक नियमावली र कर्मचारी नियमावली पेश गरेका थिए । जुन सर्वसम्मत पारित भयो ।

यस्तै आर्थिक वर्ष २०७६/७७ को बर्थिक प्रतिवेदन र २०२१ को अनुमानित बजेट पनि सर्वसम्म पारित भएको छ । उनओसीका महासचिव निलेन्द्रराज श्रेष्ठले सन् २०१९/२०२० को एनओसीको गतिविधिको प्रतिवेदन पेश गरेका थिए ।

एनओसीको अर्को साधारण सभा सन् २०२१ नोभेम्बर ५ र ६ तारिख (२०७८ कात्तिक १९ र २०) मा गर्ने निर्णय समेत भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment