Comments Add Comment

निर्वाचनमा धाँधली भएको ट्रम्पको आरोप निर्वाचन अधिकारीद्वारा अस्वीकार

२८ कात्तिक, काठमाडौं । अमेरिकाको संघीय निर्वाचन अधिकारीले अमेरिकाको यस वर्षको राष्ट्रपतीय निर्वाचन अमेरिकी इतिहासकै सबैभन्दा सुरक्षित रहेको बताएका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पले यो निर्वाचनमा धाँधली भएको आरोप लगाइरहेको अवस्थामा निर्वाचन अधिकारीहरुको यस्तो भनाइ आएको हो । ‘मतदान प्रणाली डिलिट गरिएको वा कुनै भोट हराएको वा परिवर्तन गरिएको कुनै प्रमाण भेटिएको छैन’, निर्वाचन कमिटिले उल्लेख गरेको छ ।

यसअघि ट्रम्पले गत साता भएको निर्वाचनमा आफूलाई प्राप्त भएको २७ लाख भोट डिलिट गरिएको आरोप लगाएका थिए । यद्यपि अहिलेसम्म उनले यसको प्रमाण भने दिन सकेका छैनन् । अझै पनि ट्रम्पले यो निर्वाचनमा आफ्नो हार स्वीकार गरेका छैनन् । अमेरिकामा राष्ट्रपति को बन्ने भन्ने टुङ्गो लागिसकेको छ तर अझै मतगणना भने जारी छ ।

राष्ट्रपति ट्रम्पले भने यो निर्वाचनमा आपत्ति जनाउँदै अदालती प्रक्रिया सुरु गरिसकेका छन् । त्यसैले अहिले अमेरिकामा निर्वाचनको विषयले चर्चा पाएको छ । बिहीबार अमेरिकाको कमिटि अफ साइबरसेक्युरिटी एण्ड इन्फ्रास्ट्रक्चर सेक्युरिटी एजेन्सी (सीआईएसए) ले यो निर्वाचनको विषयमा धेरै धाँधली र अनियमितताको उजुरी परेको भए पनि अहिलेसम्म त्यसको कुनै प्रमाण फेला नपरेको र यो निर्वाचनको सुरक्षाप्रति विश्वस्त रहेको बताएको छ ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment