+
+
Shares

एकै दिन ३९ आगलागीका घट्ना, दुई करोडको क्षति

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक ३० गते १७:३६

३० कात्तिक, काठमाडौं । गाई तिहारका दिन देशभरि ३९ वटा आगलागीका घट्ना भएका छन् । जसमध्ये १३ वटा आगलागी लक्ष्मीपूजा गर्दा बालिएको दियोबाट भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार आगलागीमा परेर एक जनाको ज्यान गएको छ भने पाँच जना घाइते भएका छन् । लक्ष्मीपूजाको अवसरमा बालिएको दियोबाट आगलागी हुँदा बहुदरमाई नगरपालिका–८ रामनगरीकी १५ वर्षीया मनाकुमारी साहको मृत्यु भएको हो ।

आगलागीबाट दुई करोड भन्दा बढी धनमालको क्षति भएको छ । प्राधिकरणले आगलागीबाट जोगिन सावधानीपूर्वक तिहार मनाउन आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?