Comments Add Comment

तीन हजारमा झर्‍यो पीसीआर टेष्ट, ५०२ मा संक्रमण पुष्टि

२ मंसिर, काठमाडौं । पछिल्लो २४ घण्टामा ५०२ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ३ हजार ११२ नमुना परीक्षण गर्दा २०४ महिला र २९८ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

यससँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ११ हजार ४७५ पुगेको छ । उनीहरुमध्ये १२४७ जनाको मृत्यु भएको छ भने १ लाख ७९ हजार २४२ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र २८७८ जना संक्रमणमुक्त भएका हुन् ।

हाल देशभर ३० हजार ९८६ सक्रिय संक्रमित छन् । उनीहरुमध्ये २८ हजार २०७ जना होम आइसोलेसनमा छन् भने ३१८ जनाको आईसीयू र ३८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कहाँ कति थपिए संक्रमित ?

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ३३९ संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौंका २८९, ललितपुरका ३८ र भक्तपुरका १२ जना छन् ।

रुपन्देहीका ३६ जना, चितवन र पाल्पाका १८/१८ जना, मकवानपुरका १२, धनुषाका ११, नवलपुरका ९, झापाका ६, महोत्तरीका ५ बारा, नवलपरासी र बाँकेका ४/४ जना, काभ्रे, धादिङ र तनहुँका ३/३ जना, सिराहा, सर्लाही, रामेछाप, सिन्धुपाल्चोक, लमजुङ र गुल्मीका २/२ तथा संखुवासभा, सुनसरी, पर्सा, रौतहट, सिन्धुली, बाग्लुङ, स्याङ्जा, अर्घाखाँची, दाङ, बर्दिया, कञ्चनपुर र दार्चुलाका १/१ मा संक्रमण देखिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment